सहारा दैनिक

spot_img
Homeसमाचारनागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

बारा, ३ असोज । कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुर्ई श्रीमती बीच सधैजसो घर झगडा हुनथ्यो । जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् । गत भदौ ३० गते बिहीवार साँझ तेतरी घाँस दाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिइन् । घरमा नागरिकता कै विषयमा सामान्य वादविवाद भइरहेको थियो । कान्छी श्रीमती धनमन्ती देवी भने सम्पत्ति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दबाब दिइरहेकी थिइन् । यही विषयमा विवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्पmको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् । हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार भएको स्थानीयहरूले बताएका छन् । जयनारायण यादवले यसअघि पनि तेतरीलाई पटक–पटक यातना दिएको मृतकका माइती पक्षले बताएका छन् । मृतक तेतरीका दाजु लक्ष्मी राउतले जिल्ला प्रहरी कार्यालय बारामा शिवनारायण यादव, जयकिशोर यादव र धनमन्ती देवी यादवको नाममा किटानी जाहेरी दिएका छन् । जाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -