वीरगंज, ०२ असोज ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १० स्थित ग्रिनसिटी चोकबाट लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको एक ट्रक शनिवार साढे १० बजे राती नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं.१० ग्रिनसिटी चोक स्थित सडकखण्डमा ना ३ ख ४१४१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजा“च गर्ने क्रममा जे.वि.ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परे पछि ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको मालसामानको रू. ५६ लाख ८७ हजार ३ सय ६ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
जे.वि.ट्रासपोर्टको ट्रक नियन्त्रण
Facebook Comments Box