spot_img

आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक र्ेयाली



वीरगंज, ०२ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साले आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक र्ेयाली कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरीको केन्द्रीय सर्कुलर अनुरुप आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजमा सचेतनामुलक ¥याली निकालेको हो ।
वीरगंज स्थित घण्टाघर चोकबाट निकालिएको समुदाय प्रहरी साझेदारी अन्तर्गत आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक र्ेयाली नगर परिक्रमा गरी पुनः घण्टाघर चोक नजिक सहिद पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला न्यायधिवक्ता पदम बहादुर कार्की, स.प्र.उ.तेज प्रसाद पोख्रेल, नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधान लगायतको सहभागिता रहको थियो ।
कार्यक्रममा सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित सरकारी तथा निजी क्याम्पस तथा विद्यालयका शिक्षक, शिक्षीका तथा विद्यार्थीहरू, पत्रकारहरू, राष्ट्रसेवक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, निजामति कर्मचारीहरूका साथै सामूदायिक सेवा केन्द्रका अध्यक्ष लगायतका पदाधिकारीहरूको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष्ँ प्रवेश सर्राफले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पर्साका प्रजिअ ढकालले अमूल्य जीवनलाई खेर फाल्न नहुने बताउदै आत्महत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना फैलाउनुको विकल्प नरहेको पनि बताउनु भयो ।
कार्यक्रममा सहभागी जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले आत्महत्या सम्बन्धी सन्देशमुलक नाटक प्रस्तुत गरेका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर