spot_img

श्रोत नखुलेको रकम सहित आलम पक्राउ



वीरगंज, २६ भदौ ।
श्रोत नखुलेको सात लाख त्रिपन्न हजार तिन सय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्र.नि.प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगर वडा नं. २ स्थित छपकैयाबाट उक्त रकम सहित एक जनालाई पक्राउ गरेको हो ।
वी.म.न.पा. वडा नं.२ छपकैया स्थित श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डमा प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकेर चेकजाँच गर्दा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ताको ३५ वर्षीय महम्द रिजवान आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. सात लाख त्रिपन्न हजार तिन सय फेला परेको जिप्रकाले जनाएको छ ।
श्रोत नखुलेको रकम फेला परे पछि मो.सा.सहित आलमलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर