वीरगंज, २६ भदौ ।
हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाएको वीरगंजमा मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित फुल महमद अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा आइतवार मिस्त्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
राधेमाई टोल स्थित अन्सारीको घरमा हयाण्ड पम्प जडान गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएको पर्सा जिल्ला सखुवा प्रसौनी गा.पा. वडा नं. ६ लखनपुर बस्ने २७ वर्षीय ईसराईल मियाँ (मिस्त्री) लाई तत्कालै उपचारको लागी नजिकै रहेको तराई हस्पिटल वीरगंजमा लैजांदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box