वीरगंज, २६ भदौ ।
पर्सा जिल्लाका एक महिलाले १० वर्षपछि तिम्ल्यहा बच्चा जन्माएकी छिन ।
प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्ला पर्सागढी नगरपलिका वडा नं. ९ की ललिता देवि थरुनीले एकैपटक ३ जना छोरा पाएकी हुन् ।
वृज चौधरी थारु र ललिता देवि थरुनी दम्पतीले १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसे पछि वीरगंज स्थित प्रभु हस्पिटलमा आइतवार शल्यकृया गरी ३ बच्चाको जन्म भएको हो ।
आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको समुहले सफलता पुर्वक शल्यकृया गरी तीन बच्चा पाउन सफल भएको हस्पिटलले जनाएको छ ।
निकै जोखिम मानिएको शल्यकृयामा प्रभु हस्पिटलका एनेथेसिया डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा लगायतको समुहले शल्यकृया गरी सकुशल बच्चा जन्माउन सफल भएको बताइएको छ ।
व्याथा लागेपछि विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेर जन्माउदा पनि आमा र तीनै जना बच्चा सकुशल रहको जनाइएको छ ।
Facebook Comments Box