सहारा दैनिक

spot_img
Homeसमाचारलागु औषध सहित साह पक्राउ

लागु औषध सहित साह पक्राउ

वीरगंज, २४ भदौ ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले ठोरी गापा वडा नं. २ स्थित सितागुफा नजिकबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
बिहिवार राती साढे १० बजेको समयमा भारतको भिखनाबाट नेपालको सुन्दरबस्ती तर्फ आउदै गरेका ठोरी गापा वडा नं. २ को ३० वर्षीय रबिन्द्र कुमार साहले शंकास्पद रूपमा टाउकोमा जुटको बोरा लिइ हिंडिरेको अवस्थामा निजलाई रोकेर जाँच गर्दा Codiwell Cough Syrup 100 ml को ४७४ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साहबाट लागु औषध फेला परे पछि निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -