वीरगंज, २४ भदौ ।
पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।
शुक्रवार निर्वालनिवासबाट जारी शोक सन्देशमा पूर्वराजा शाहले महारानी एलिजाबेथको नेपालको राजकीय भ्रमण र उनीसंग जोडिएका आफ्ना अनुभव अभिव्यक गर्दै शालिन र उच्च राजकीय भूमिका निर्वाह गर्नसक्ने रानी गुमाएको भन्दै दुःख व्यक्त गर्नु भएको हो ।
शोक सन्देशमा नेपालप्रति महारानीको सधै अगाद्ध आत्मियता भएको उल्लेख गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार,बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गर्नु भएको छ ।
शोक सन्देशमा संयुक्त अधिराज्यकी महारानी एलिजाबेथको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिवक्सेको कुरा सदा स्मरणीय छ उल्लेख छ ।
साथै नेपाल प्रति उहाको अगाद्ध आत्मीयता पनि सदा उल्लेख्य छ । नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसंगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं । उहा प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार बेलायती सरकार एवम् बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौं सन्देसमा भनिएको छ ।
बेलायतकी महारानीकी निधन प्रति पूर्वराजा शाहबाट दुःख व्यक्त
Facebook Comments Box