सहारा दैनिक

spot_img
Homeसमाचारचिनिया कपडा उद्योग धराशायी हुँदै

चिनिया कपडा उद्योग धराशायी हुँदै

यितेन्द्र शर्मा
घरेलु बजारमा घटदो माग, खस्किदों आयात र अमेरिकी प्रतिबन्धका कारण केही समय अघि उदयमान रहेको चीनको कपडा उद्योग अहिले भने धराशायी हुंदैछ ।
फाईनान्सियल पोष्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किदै गएकोछ, सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको छ । चीनलाई विश्वकै सबैभन्दा ठुलो कपडा उत्पादक देश मानिन्छ । यस उद्योगले चीनको कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको छ ।
यस अघि अमेरिकाले चिनिया कारखानाले सिन्जिया· प्रान्तमा बसोवास गर्ने अल्पसंख्यक उइगर मुसलमानहरुलाई जवरजस्ती श्रममा लगाएको भन्दै चीनवाट कपासको आयातमा प्रतिबन्ध लगाएको थियो यस कारण सिन्जिया·मा ३० लाख टन भन्दा धेरै कपास विक्री हुन नसकेको जनाइएको छ ।
चीनको उद्योग धराशायी भए सँगै यसको विकल्पमा रहेका अन्य एसियाली मुलुकमा भने कपडा उद्योग फस्टाएको पाइएको छ । भारत, बंग्लादेश र भियतनाम जस्ता देशमा विदेशवाट कपडाको माग बढदै जान थालेको छ । भियतनाम र बंग्लादेशको तुलनामा भारतमा कपडाको उद्योग बढी संख्यामा रहेका कारण यसले नै चिनिया बजार ओगटने सम्भावना रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -