spot_img

जंगली हात्तीको आतंकले चुरे काछवासी त्रसित



महोत्तरी, २३ भदौ (रासस)
चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ ।
गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसंग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जङ्गली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन् ।
तीनवटा जङ्गली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् ।
आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हात्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास(८ हात्तीलेटको फालाइन नजिक बस्तीका जीतबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमन स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो ।
महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासंग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हात्तीको समूहले गौशाला(१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ ।
पछिल्ला पाँच÷छ वर्षयता बर्सेनि असोज(कात्तिकमा जङ्गली हात्तीको आतङ्क चुरे काछका बासिन्दाले खेप्दै आएका छन् ।
यसपालि भने भदौ तेस्रो सातामै जङ्गली हात्तीको जगजगी बढेको काछबासीको भनाइ छ ।
पछिल्ला पाँच वर्षयता बस्ती पस्ने हात्तीको सङ्ख्या तीनवटा नै हुने गरेका हुँदा उनै हात्ती बर्सेनि आएका हुनसक्ने पीडितको अनुमान छ ।
एक साता पहिले चुरेपारिका सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगर क्षेत्रका बस्तीमा पनि तीन सङ्ख्याकै हात्तीले बस्ती पसेर उत्पात मच्चाएका थिए ।
अहिले तीनै हात्ती चुरे कटेर यता झरेका बर्दिबास(३ कालापानीका नरबहादुर पुलामी बताउनुहुन्छ । हात्तीले सधैँजसो मध्यरातपछि बस्ती पसेर उधुम मच्चाउने गरेका छन् ।
जङ्गली हात्तीको निशानामा पातलो बस्ती भएका ठाउँका काठेघर पर्ने गरेका छन् । घर भत्काउनेबाहेक हात्तीले भखारी फोर्ने र अन्न छरीदिने अनि केराका थाम उखेल्ने गरेको बर्दिबास(३ कालापानीका रामबहादुर थापा बताउनुहुन्छ ।
हात्तीले धानबाली फाँडेर पनि नोक्सान गर्ने गरेका छन् । रातको समयमा मान्छेलाई नै आक्रमण गर्ने हुँदा चुरे काछका बासिन्दा अहिले हात्ती आतङ्कले त्रसित छन् ।
अहिले इलाका प्रहरी कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरले आपसी समन्वयमा हात्तीको गस्ती गरिरहिएको जनाएका छन् ।
इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले वनक्षेत्रसंग जोडिएका हात्तीको सघन आवागमन हुँदै आएका बस्तीमा दुर्वतर्फबाट प्रहरी गस्ती बढाइएको बताउनुभयो ।
बस्ती पसेका हात्तीलाई राती राँको बालेर सामूहिक होहल्ला गरेपछि भने वन पस्ने गरेका प्रहरीको विगत अनुभव छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर