सहारा दैनिक

spot_img
Homeसमाचारउपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार छ–यादव

उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार छ–यादव

वीरगंज, २२ भदौ ।
जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ ।
जनता समाजबादी पार्टी नेपालले वीरगंज स्थित होटल भिष्वामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको हो ।
उहाले जसपाको हैसियत अनुसार सिट बांडफांट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यसको तयारीमा लाग्न नेता÷कार्यकर्तालाइ निर्देशन समेत दिनु भयो ।
अध्यक्ष यादवले आफुहरु गठबन्धनको विरोधी नभएको बताउदै अहिलेको गठबन्धनलाइ निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको पनि बताउनु भयो ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको सभापतित्वमा आयोजित भेलामा जसपाका राजनीतिक समिति सदस्यहरु देवेन्द्र मिश्रा , बालकिशोर यादव ,मोहन चौधरी , केन्द्रिय सदस्य करिमा बेगम , जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।
भेलामा प्रदेश सासंद भिमा यादव , बहुदरमाई नगरपालिकाका मेयर सिंघहासन साह तेली , धोबिनी गाउपालिकाका अध्यक्ष मदन चौहान , जसपाका नेताहरु शिवजी सोनी ,गौरीशंकर साह , प्रदीप जैसवाल लगायत अगुवा नेता÷कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -