काठमाण्डौं, २२ भदौ ।
१४ औ मुक्त हलिया दिवशको सन्दर्भमा मधेस प्रदेशका ८ जिल्लाका पालिकामा गठन गरिएका स्थानीय हरवाचरवा अधिकार मञ्चले सम्बन्धित पालिका र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १८ पालिकामा गठित दलित भूमि अधिकार यूनियनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिभीन्न मागहरु सहितको ज्ञापनपत्र बुझाएका छन ।
नेपालमा दास प्रथाको रुपमा विद्यमान रहेको हरवाचरवाप्रथाको २०७९ श्रावण २ गते कमैया मुक्त घोषणाको २२ बर्ष पुगेको अवसरका कमैया श्रमिक हरवा चरवा को लागी प्रधानमन्त्री शेरबहादुर देउवाले बिशेष सन्देश मार्फत गरेको मुक्तिको घोषणालाई कार्यान्वयनका लागि मधेस प्रदेशका ८ जिल्लाका ४० पालिकाबाट आवश्यक पहल गरि दिनका लागि ज्ञापनपत्र पेश गरिएको हो ।
ज्ञापन पत्रमा सर्वप्रथम सम्बन्धित नगरपालिका÷गाउपालिकाको संयोजकत्वममा हरवाचरवाअधिकार मंचको प्रतिनीधित्व अनिवार्य हुने गरी तथ्यांक संकलन समिति गठन गरी हरवाचरवाको यथार्थ तथ्यांक संकलन गरी उनीहरुको प्रमाणीकरण सहित वर्गीकरण गर्न माग गर्दै हरवाचरवाहरूको मुुक्ति कमैया निषेध गर्न बनेको ऐन २०५८ अनुसार गरिएको हुनाले हरवाचरवाको तथ्यााक संकलन गर्दा २०५८ श्रावण २ गतेसम्म हरवाचरवा बसेकोलाई आधार मानी उनीहरु बस्दै आएको जमिनलाई उनीहरुकै नाममादर्ता हुने गरी राष्ट्रिय भूमि आयोगसंगको सहकार्यमा भूस्वामित्वको लालपुर्जा प्रदान गर्न माग गरिएको छ ।
त्यसैगरि मुक्त हरवाचरवापरिवारको सुनिश्चितजीविकाको लागि स्थानबिशेषको बजारको माग हेरी दीर्घकालीन र अल्पकालीन सीपतालिमको अवसर प्रदानगरि सीप तालिमपछि तालिमलिएको बिषयमा पेशा संचालनको लागिअनुदानको रुपमाकम्तिमा रु१ लाखदेखि ५ लाखसम्मबीउपुँजी र जरुरी औजारहरू प्रदान गर्न माग गर्दै नेपालसरकारले तोके बमोजिमको न्युनतमज्याला दर कडाइपूर्वक लागू गर्न, त्यसको चौतर्फी निरीक्षण तथानियमनगर्ने संस्था र संयन्त्रनिर्माण गर्दैत्यसको उल्लंघन गर्ने ब्यक्ति वा संस्थालाई कडा दण्ड हुने कानुनी ब्यवस्था गर्नका लागि जोड दिईएको छ । मुक्त हरवाचरवा बस्तीमा मानवोचितआधुनिक बस्तीका लागी नभई नहुनेभौतिकपूर्वाधारहरु जस्तै शुद्ध खानेपानी, सडक, बिजुली, खेतीको लागिसिँचाइ, शौचालय र टेलिफोन÷मोबाइल नेटवर्कको ब्यवस्था गर्न ज्ञापन मार्फत माग गरिएको छ ।
ज्ञापनमा भूमिहिन दलित र मुक्त हलियाहरुको सवाल सम्बोधन गराउनका लागिसुदूरपश्चिम प्रदेशका ९ जिल्लामा गठन गरिएका दलित भूमि अधिकार यूनियनको अगुवाईमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको छ । उक्त ज्ञापन पत्रमा भूमिहीनहरुलाई राज्यका तर्फबाट बितरण गरिने भूमिका सन्दर्भमा दलित भूमिहीन र कृषिबधुवामजदुरहरु ः मुक्त हलियालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिईएको छ । त्यसैगरी अहिले पनि कृषीमा संग्लन हुन ईच्छुक दलित भूमिहीन, सुकुम्बासी र मुक्त हलियाहरुको लागि प्रति घरधुरीहरुको लागि बर्षभरी धान्ने कृषियोग्य जमीन, घर भएका र घर नभएका दुबै भूमिहीन परिवारको लागि जमिनको प्रबन्ध सहित मुक्त हलिया पुनस्र्थापनाकाभएका बस्तीहरुमा एकिकृत बस्ती बिकास आयोजना सिफारिश गर्न माग गरिएको छ ।
त्यस्तै तत्काल प्रदेश सरकारको समन्वयमा छुट मुक्त हलियाहरुको तथ्याँक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचयपत्र प्रदान गरि पुनस्र्थापिनाको कार्यक्रम अगाडी बढाइनुपर्ने, मुक्त हलिया परिवारको लागि छोटो अवधिको अल्पकालीन सीप तालिम प्रदान गरेर बीउपुँजी र औजार प्रदान गरेर तत्काल रोजगारीको अवसर सिर्जना गरिनुपर्ने, मुक्तहलियाका सन्तानको लागि १२ कक्षासम्मनिशुल्कशिक्षा सुनिश्चित गर्दै प्राबिधीक शिक्षामा पहुँच बृद्धी गरिनुपर्ने, हरेक मुक्तहलिया बस्तीमा स्वास्थ्य केन्द्र वा स्वास्थ्यचौकीको र आधारभूत औषधिहरूको बन्दोबस्त गरि मुक्त हलियाका सन्तानका लागि सबै खाले खोपको प्रबन्ध गर्नुपर्ने, प्रदेश सरकारको बजेट बिनियोजनमा आफ्नो हिस्सा समेत थपी हरेक हलिया बस्तीमा भौतिक पूर्वाधारहरू खानेपानी, बिजुली, सडक, टेलिफोन र इन्टरनेट नेटवक पु¥याईनुपर्ने, थानीयतहको सामाजिक तथा राजनीतिक नेतृत्वमा हलियाको पहुँचको लागि स्थानीय तहले कानुन ल्याएर २ प्रतिशत सीट सुनिश्चित गर्नुपर्ने, हरेक पालिका भित्र न्युनतम ज्यालाको प्रावधान कडाइपूर्वक लागू गर्दै सो नगर्ने कडादण्डदिने स्थानीय कानुन ल्याईनुपर्ने र स्थानीयतहमा हरेक वडाबाट अनिवार्य रुपमा छानिने दलित वडा सदस्यमा मुक्तहलिया बस्ती ज्यादा रहेको वडामा त्यस्तो दलित सदस्य अनिवार्य रुपमा हलिया नै हुनुपर्ने कानुन र नियम तर्जुमा गर्न भूमिका खेलिनुपर्ने सवालहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
Facebook Comments Box