वीरगंज, २१ भदौ ।
खाद्यान्न सामग्रीको कारोबारी मुकेश अग्रवाल नेपालमा आयात प्रतिबन्ध लगाइएको महंगो मुल्यको मोबाइलको पनि कारोवारमा संलग्न रहेको खुल्न आएको छ ।
खाद्यान्नको आडमा कपडा, सुर्तिजन्य पदार्थको कारोवार गरिरहेको फेला परे पछि राजस्व अनुसन्धान विभागले केही हप्ता अघि अग्रवालको काठमाण्डौं, विर्तामोड र वीरगंजको कार्यालयमा छापामारी गरे पछि तिनका अन्य कारोवारहरु बारे पनि सार्वजनिक भएको हो ।
वीरगंज आदर्शनगर स्थित अग्रवालको घरमै रहेको कार्यालयमा छापामारी गर्न पुगेका राजस्व अनुसन्धानको टोलीलाई गार्ड मार्फत गेट मै अल्झाएर अवैध कारोवारका मुख्य हिसाव किताव, खाता रजिस्टर र कागज पत्रहरु लिएर घरको पछाडी रहेको नालाको बाटो भई फरार भएका अग्रवाल भारतको कलकत्ता पुगेको उनि निकट श्रोतले जनाएका छन ।
मुकेश अग्रवालको कार्यालयमा छापामारी भएको र निज फरार भएको सम्बन्धमा सामाचार सार्वजनिक भए पछि उनी निकट श्रोतले नै सालो पवन र राजेश शिस्काको स्वामित्वमा रहेको नेपाल टाइम सेन्टरको आडमा भारतबाट भरिया मार्फत अवैध रुपले भित्रियाउने गरेको महंगो मुल्यको मोबाइल सेटहरु समेत खाद्यान्न कै आडमा पोखरा, नारायणघाट र काठमाण्डौं लगायतका सहर सम्म पु¥याउने दावी गरेका छन ।
भारत बिहार हरिसिद्धि स्थायी घर भइ झुठो विवरण पेस गरी नेपाली नागरिकता समेत लिएका मुकेश अग्रवाल खाद्यान्न सामाग्रीको तस्करको रुपमा कुख्याती कमाएका छन् । अग्रवालको विभिन्न फर्मको नामले कारोबार गर्ने गरेका छन ।
समाचार श्रोतका अनुसार काठमाण्डौंमा खाद्यान्न बोकेको ट्रकमा गुटखा, सुर्ति र कपडा लगायतका अवैध समाग्रीहरु फेला परे पछि राजस्व अनुसन्धान विभागले थालेको अनुसन्धानको क्रममा मुकेश अग्रवालले संचालन गरेको फर्महरुबाट यस्तो कारोवार हुने गरेको फेला पारेको हो ।
अग्रवालले भैरहवा, वीरगंज र काकडभिट्टा नाकालाई प्रयोग गरी खाद्यान्न चामल, दाल, तेल लगायतको आडमा गुटखा, सुर्ति, कपडा र महंगा मोबाइल लगायतका अवैध समाग्रीहरुको कारोवार गर्ने गरेको बताइन्छ ।
मुकेश अग्रवाल र उनका व्यवसायिक साझेदारहरुले भैरहवा, वीरगंज र काकडभिट्टा सिमावर्ती क्षेत्रमा राखेका गोदामहरुमा भारतबाट अवैध रुपले भित्रियाउने गरेको कपडा, गुठ्खा र सुर्ती राखेर खाद्यान्न बोकेको सवारी साधनमा प्रयोग गरी नारायणघाट, काठमाण्डौं र पोखरा सम्म पु¥याउदै आएको श्रोतले जनाएको छ । नेपाल सरकारले विलासिताका समाग्री आयातमा प्रतिबन्ध लगाउदा ५ सय डलर भन्दा बढि मुल्यको मोबाइल आयात बन्द गरिएको छ ।
मुकेश अग्रवालले आफ्ना साला वीरगंज आदर्शनगर चोकमा रहेको नेपाल टाइम सेन्टरकालागि खाद्यान्न सामग्रीकै आडमा भारतबाट महंगा र अवैध मोबाइलहरु भित्रियाउने गरेको समेत समाचार स्रोतबाट बुझिन आएको छ ।
यद्यपि नेपाल टाइम सेन्टरका संचालक मुकेश अग्रवालका सालो राजेश सिस्का ले आफ्नो भिनाजुको फर्म र खाद्यान्न सामग्रीको आडमा भारतबाट मोबाइल भित्रियाउने कुराको खण्डन गरेका छन् । शिस्काले मुकेश अग्रवाल आफ्ना भिनाजु भएको तर व्यवसायिक साझेदार नरहेको दाबी गर्नु भएको छ ।
समाचार श्रोतका अनुसार नेपाल सरकारले मैदामा भ्याट लगाउदा विगतमा पिठोको नाममा मैदा आयात गरी पिठोकै नाममा विक्रि वितरण गर्ने गरेका थिए । तर पछि सरकारले पिठोमा पनि भ्याट लगाए पछि यिनले कपडा, गुठ्खा र सुर्ती जन्यका साथै मोबाइलको पनि कारोवार गर्न थालेका हुन ।
राजस्व अनुसन्धानले अग्रवालको कार्यालयहरुमा छापामारी गरी अनुसन्धान थाले पछि आफ्ना दलालहरुलाई भिडाएर कानुनी दायराबाट उम्किन करोडौको चलखेलमा लागेको अग्रवाल निकट श्रोतले जनाएको छ ।
मुकेश अग्रवाल महंगो मोबाइलको अवैध आयातमा पनि संलग्न
Facebook Comments Box