वीरगंज, २० भदौ ।
वीरगंजबाट प्रकाशित राष्ट्रिय सहारा दैनिक पत्रिकाले आफ्नो २० औं बार्षिकोत्सव मानव सेवा आश्रममा मनाएको छ ।
राष्ट्रिय सहारा दैनिक १९ बर्ष पुरा गरी २० औं बर्षमा प्रबेश गरेको अवसरमा सोमवार मानव सेवा आश्रम वीरगंजमा आश्रितहरु संग मनाइएको हो ।
पत्रिकाको तर्फबाट प्रकासक, सम्पादक लगायतका पदाधिकारीहरु आश्रममा पुगेर आश्रितहरुको लागी खाद्यान्न समाग्री सहयोग प्रदान गरी केक काटेर २० औं बार्षिकोत्सव मनाएको हो ।
आश्रममा आयोजित एक कार्यक्रममा पत्रिकाका प्रकाशक चन्द्रभुषण साहले आश्रमका संरक्षक डा. दिपक शाक्यलाई खाद्यान्न समाग्री चामल, दाल, खाने तेल, आयो नुन र आलु÷प्याज हस्तनातरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका आश्रमका संरक्षक एवम् मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले सेवा र सहयोगको भावनाले मनाउने उत्सवले मानव सेवा औचित्य चिनाउने वताउनु भयो ।
उहाले पहिला होटेलमा लाखौ खर्च गरेर मनाइने बार्षिकोत्वस अहिले आएर आश्रममा मनाउने चलन सकारात्मक रहेको वताउदै अति नै पबित्र स्थल मानव सेवा आश्रम हो, यहां गांस, बास मात्र दिदैनौ, माया पनि दिन्छौ । यो सेवा भावनाले मात्र सम्भाव छ भन्नु भयो ।
आश्रममा सब भन्दा बढी खर्च औषधीमा हुने गरेको बताउदै डा. शाक्ले आश्रममा हाल सम्म औषधिको अभाव मात्र हुने गरेकाले औषधीको लागि सहयोग गर्नु अपिल गर्नु भयो ।
पत्रिकाका प्रकाशक चन्द्रभुषण साहको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं पत्रिकाका सम्पादक बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपला पर्साका अध्यक्ष मनोज पटेल, दलित मुक्ति समाज पर्साका अध्यक्ष सुशिल हजरा, पत्रिकाका संचालक बिकास रौनियार, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सर्राफ सहित मानव आश्रम वीरगंज शाखा संयोजक शानु गुरुङको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष एवं फोटो पत्रकार महासंघ पर्साका कोषाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।
राष्ट्रिय सहारा दैनिक २० वर्षमा प्रवेशः वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न प्रदान
Facebook Comments Box