spot_img

१३ लाख मुल्य बराबरको अवैध सामान नियन्त्रण



वीरगंज, १८ भदौ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा तथा मातहतका इकाइहरुले नियन्त्रणमा लिएको विभिन्न अवैध सामानहरु भन्सार चलान गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा तथा मातहतका इकाइहरुले नियन्त्रणमा लिएको १३ लाख ४२ हजार ४ सय ७९ मुल्य बराबरको अवैध सामानहरु आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
सप्र बल १३ नम्बर गण हे.क्वा. पर्साका सुचना अधिकारी सप्रनाउ सन्तोष कुमार बस्नेतले दिएको जानकारी अनुसार पछिल्लो एक हप्ताको समयमा नियन्त्रणमा लिएको अवैध कपडा, मोबाइल पार्टस, मोटर पार्टस, किराना सामानहरु, मोटरसाइकल तथा काठ आवस्यक कारवाहीको लागी वीरगंज भन्सारमा बुझाइएको हो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर