पर्सा ,१८ भदौ । पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव भेटिएको छ।
आज बिहान पर्सागढी नगरपालिका ३ बढनियार स्थित माइतीघरमा बस्दै आएकी ४० वर्षिया सरावती देवी माझीको शव भेटिएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका १९ ईनर्वा घर भइ केही दिनदेखि माझी माईतीमा बस्दै आएकी थिइन् ।
बुधबार राति खाना खाएर सुतेको र त्यसपछि बिहिबार बिहान उनी घरमा नभेटिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए । घटनाको अनुसन्धान भइरहेको छ ।