spot_img
Homeसमाचारमहासंघका सचिव प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस

महासंघका सचिव प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस

वीरगंज, १७ भदौ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको समनुपातिक उम्मेदवारको लागि सिफारिश गरिएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले आगामी मंसिर ४ गते हुने प्रदेश÷प्रतिनिधिसभा सदस्यहरूको निर्वाचनका लागि गरिएको उम्मेदवार सिफारिशमा क्षेत्र १ (ख)बाट महासंघका केन्द्रिय सचिव चौहानको नाम सिफारिश गरिएको हो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साका सभापति अरविन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले चौहानको नाम सिफारिस गर्नुको साथै नेपाली कांग्रेसले केन्द्रमा गठबंधन गरेको र सो गठबंधनमा पर्सा क्षेत्र नं.१को प्रतिनिधि÷प्रदेशसभाको तीन वटै पदको उम्मेदवारी नेपाली कांग्रेसलाई नै पाउनु पर्ने समेत सर्वसम्मतीले निर्णय गरेको सभापति गुप्ताले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -