सहारा दैनिक

spot_img
Homeसमाचारप्रहरीद्वारा डेढ करोड बढीको सामान सहित २ ट्रक नियन्त्रण

प्रहरीद्वारा डेढ करोड बढीको सामान सहित २ ट्रक नियन्त्रण

वीरगंज, १६ भदौ ।
बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बिहिवार दिउसो १ बजे वीरगंज महानगरपालिका वडा नं.६ लोहारपट्टी सडकखण्डबाट लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजा“च गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परे पछि उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याल पर्साले जनाएको छ ।
प्रहरीले ट्रक भित्र रहेको मालसामानका रु. १ करोड २ लाख ४६ हजार ७ सय ६९ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जनाइएको छ ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार प्रज्ञापनपत्रमा उल्लेखित परिमाण भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीका अनुसार सूचना प्राप्त भई खटिएको विशेष टोलीले बुधवार सांझ वीमनपा वडा नं.२४ स्थित सडकखण्डमा एद्यज्ञघद्यब्ण्द्दद्धठ नम्बरको भारतीय मालवाहक ट्रकलाई रोकेर चेकजा“च गर्ने क्रममा प्रज्ञापनपत्रमा उल्लेख गरेको भन्दा बढी परिमाणका चक्लेटहरू साथै फरक किसिमका चक्लेटहरू समेत फेला परेको हुंदा उक्त ट्रक नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिएको ट्रकमा रहेका सामानहरुको रू. ५० लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उहाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -