वीरगंज, १५ भदौ ।
सर्वोत्तम स्टील उधोगमा काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुर स्थित रहेको सर्वोत्तम स्टील उधोगको थप भवन बनाउने क्रममा तल्लो तल्लाको जग ढलानको लागि सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
सिमेन्ट र गिट्टी वालुवाको मिश्रण भाईब्रेसन मेसिनले सम्याउने क्रममा बुधवार बिहान साढे १० बजे मेसिनको तार सर्ट भई करेन्ट लाग्दा बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं.१ बस्ने वर्ष १७ को रबिन थारु र बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं.६ बस्ने वर्ष ३० को सिताराम थारु घाईते भएका थिए ।
घाइतेहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रनाउ दिपक गिरी र वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रनि डिल्लीराज सापकोटाको कमाण्डमा खटिएको टोलीले तत्कालै उपचारको लागि मेडिसिटी बयोधा हस्पिटल वीरगंजमा पठाउदा घाईते मध्ये रबिन थारुको मृत्यु भएको चिकित्सकले घोषण गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
सर्वोत्तम स्टीलमा करेन्ट लागेर एक कामदारको मृत्यु
Facebook Comments Box
सम्बन्धित खबर