सहारा दैनिक

spot_img
Homeसमाचारबसले मोसालाई ठक्कर दिंदा एक जनाको मृत्यु

बसले मोसालाई ठक्कर दिंदा एक जनाको मृत्यु

वीरगंज, १५ भदौ ।
वीरगंज महानगरपालिका वडा नं. १५ स्थित ब्रह्मचोकमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
बुधवार करिब १२ बजे ब्रह्मचोक स्थित बाइपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगंज बसपार्क तर्फ आउदै गरेका ना.४० प ९४७९ को मोटरसाईकललाई सोही दिशा तर्फबाट आउदै गरेको ना.७ ख १८३७ नम्बरको बसले ठक्कर दिंदा मोसामा सवार घाइते भएका रौतहट जिल्ला मौलापुर गापा वडा नं. ५ का ६५ वर्षीय तुलसी साहको मृत्यु भएको हो ।
बसले ठक्कर दिंदा मोसामा सवार ३१ वर्षीय रामसागर साह र तलसी साह घाइते भएका थिए । घाईतेहरुलाई उद्वार गरी तत्काल नारायणी अस्पताल वीरगंजमा पु¥याए पछि उपचारको क्रममा तुलसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अर्का घाइते मोसा चालक रामसागर साह भने उपचार पश्चात डिस्चार्ज भएका छन ।
मोसालाई ठक्कर दिने बस र चालक प्रविन कुमार रजकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -