spot_img
Homeसमाचारचट्याङ लागेर एकै गाउका ३ महिलाको मृत्यु

चट्याङ लागेर एकै गाउका ३ महिलाको मृत्यु

गौर, १४ भदौ ।
चट्याङ लागेर रौतहट जिल्ला गरुडा नगरपालिका स्थित मलाही टोलका ३ महिलाको मृत्यु भएको छ ।
खेतमा काम गर्ने क्रममा मंगलवार विहान चट्याङ लागेर ३ महिलाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
चट्याङ लागेर गरुडा नगरपालिका वडा नं. ३ मलाहीका सुदनिया देवी, जगिया कुमारी र मनिषा कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिनु भयो । सुदनिया र जगिया एउटै परिवारका हुन् ।
चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी प्रहरीले जनाएको छ ।
यसै विच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पिडित परिवारलार्ई आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -