सहारा दैनिक

spot_img
Homeसमाचारज्ञानदाले मनाए पितृ दिवस

ज्ञानदाले मनाए पितृ दिवस

वीरगंज, १० भदौ ।
ज्ञानदा एकेडमी वीरगंजले “कुशे औंशी”को उपलक्ष्यमा पितृ दिवस मनाएको छ ।
पितृ दिवसको अवसरमा ज्ञानदा एकेडमीले आयोजना गरेको कार्यक्रममा ज्ञानदाका छात्रछात्राहरूले सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य प्रस्तुत गरेका छन ।
ज्ञानदा एकेडमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. मनोज कुमार गुप्ताले आफ्नो बाल्यकालको अनुभव र आजको बालबालिकालाई आफ्नो संस्कार र परम्पराप्रति कसरी जागरुक बनाउन सकिन्छ भन्ने बारे प्रस्तुती गर्नु भयो ।
कार्यक्रममा विद्यालयका निर्देशक केशव सरावगी, सहायक प्रधानाध्यापिका श्रीमती जागृति मिश्रा सहित शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -