वीरगंज, १० भदौ ।
बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले गए राती १ बजे वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर चोकबाट लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं.१० आदर्शनगर चोक स्थित सडकखण्डमा ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका लत्ताकपडाहरू समेत फेला परे पछि ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा रहेको मालसामानको रू. ४७ लाख २४ हजार ८ सय ९० मूल्यांकन गरी आवश्यक कारवाहीको लागि शुक्रवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
४७ लाखको मालसामान सहित ट्रक नियन्त्रण
Facebook Comments Box