spot_img

उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौं, ६ भदौ ।
जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
पार्टीको उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।
‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’
ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
साइकल खरिदकाण्ड के हो ?
जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागे । उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० साउनमा मधेश प्रदेश सरकारको साइकल खरिद अनियमिततामा मुख्यमन्त्री र प्रमुख सचिवहरुलाई उन्मुक्ति दिएर प्रदेश सचिव, सहसचिव लगायतका कर्मचारीहरुलाई मात्रै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिए पनि अरु परिस्थितिजन्य प्रमाण र कारणले उनी पनि संलग्न रहेको देखिन्थ्यो । अख्तियारले प्रदेश सचिव (निजामती सहसचिव) यामप्रसाद भूसाल लगायत केही कर्मचारी र सप्लायरहरुलाई मात्रै १० करोड ३३ लाख रुपैंया बिगो मागदावी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बेटी पढाउ, बेटी बचाउ’ अभियानका क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल प्रकरणमा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाए । अधिकार प्रत्यायोजन गरेकै कारण तीनजना प्रमुख सचिवहरुले भ्रष्टाचारको झमेला खेप्नु परेन ।
साइकल खरिदको काम शुरु भएपछि मुख्यमन्त्री राउतले जलस्रोत तथा सिंचाई विकास कार्यालय, जनकपुरमा उपसचिव स्तरको सिनियर डिभिजनल इञ्जिनियर (सिडीई) भगवान झालाई आप्mनो कार्यालयमा तानेका थिए । उनले बोलपत्रका कागजात बनाउनेदेखि अनुगमन गर्नेसम्मको काम गरे ।
झाले अख्तियारमा बयान दिने क्रममा ‘प्रदेश सरकारलाई सहयोग गर्ने भावनाका साथ साइकल खरिदको काममा संलग्न भएको’ बताए । मुख्यमन्त्री राउतको रुचि भएपछि उनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आउन सरुवा वा काजको कुनै कागजात आवश्यक परेन ।
अर्को कार्यालयमा प्रमुखको काम गरिरहदा मुख्यमन्त्री कार्यालयमा समेत संलग्न भएर टेन्डरका सारा कागजात मिलाउन भ्याए । नियमित रुपमा आफूसँग उठबस गर्ने इञ्जिनियर झाले कसरी काम गरिरहेका छन् भन्ने राउतलाई थाह नहुने कुरै थिएन ।
प्रदेश सचिव यामप्रसाद भुसालको बयान अनुसार, मुख्यमन्त्री(लालबाबु राउत)को निर्देशनमा सीडीई भगवान झाले बोलपत्रको कागजात बनाउनेदेखि सबै काम गरेका हुन् । ‘केवल मानार्थ हस्ताक्षर स्वीकृतिको लागि म यामप्रसाद भुसालकोमा ल्याउने गर्नुभएको हो’ भूसालले अख्तियारमा बयानमा भनेका छन्, ‘मुख्यमन्त्रीको विश्वासपात्र भएकाले उहाँले जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयमै बसेर सबै काम गर्नुहुन्थ्यो । सबै काम गरिसकेपछि औपचारिक रुपमा पछि एकमुष्ठ फाइल सही गर्न ल्याउनुहुन्थ्यो ।’
गत वर्ष अख्तियारले छापा मार्नासाथ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री लालबाबु राउतले साईकल खरिदमा अनियमितता नभएको दावी गरेका थिए । प्रदेश सरकारलाई बदनाम गराउन अख्तियारले दुःख दिएको बताउने उनले अख्तियार पुग्दा भने अनियमितता नभएको भनेर आफू मातहतका कर्मचारीले गरेको निर्णयको बचाउ गर्न सकेनन् ।
‘प्रदेशको नीति, कार्यक्रम र बजेटमा भएको व्रुयवस्था अनुसार साइकल खरिद गरिएको हो । खरिद प्रक्रिया कसरी गर्ने, कति गर्ने सबै सरोकार खरिदमा संलग्न हुनेहरुको दायित्व हो’ मुख्यमन्त्री राउतले अख्तियारमा बयानमा भनेका थिए, ‘साइकल आएको हो । त्यो गुणस्तरीय छ छैन टेण्डर अनुसारको भए÷नभएको हेर्ने कार्य मेरो सरोकारको बिषय होइन ।’
साइकल आपूर्ति गर्ने ओम सत्यसाई कम्पनीका सञ्चालक मिरा अग्रवालले त आफूहरुले अम्बिका नभई अर्को कम्पनीको साइकल आपूर्ति गर्ने भनी पत्र नै पठाएको बताएकी थिइन्।
उनीहरुको समूहले समयमा साइकल ल्याउन नसक्ने भयो भने अर्कोतर्फ कोरोना महामारीका कारण भाउ बढेपछि सम्झौता अनुसार साइकल ल्याउन नसक्ने भए । अनि मुख्यमन्त्री राउतलाई घरमा नै बोलाएर अन्य कमसल ब्राण्डको साइकल ल्याउने सहमति गरेका थिए, जसलाई मुख्यमन्त्री राउतलेसमेत स्वीकारेको अख्तियार स्रोत बताउछ ।
साइकल आपूर्ति गर्ने ओम सत्य साई प्रा.ली.का वित्तिय प्रमुख सञ्जय प्रसाद रौनियारले अम्बिका ब्राण्डको १२ सय साइकल मात्रै बाडिएको र अरु १६०३८ साइकल अरु ‘नन ब्राण्डेड’ रहेको स्वीकारेका छन् । साथै मुख्यमन्त्री राउतका विश्वासपात्र सीडीई भगवान झाको सुझावमा अर्को व्राण्डको साइकलको आपूर्ति गरेको बताएका थिए ।
करिव ११ करोडभन्दा माथिको खरिदमा हुने फेरबदलमा कर्मचारीहरुले मुख्यमन्त्री राउतलाई जानकारी नगराई आप्mनै तजविजीको भरमा निर्णय गर्ने सम्भावना नै थिएन ।
साइकल खरिदको हरेक प्रक्रियामा मुख्यमन्त्री राउतले निगरानी गरेका र चासो राखेका थिए । तर उनको कतैपछि हस्ताक्षर थिएन । प्राविधिक विषयमा सीमित रहेको अख्तियारले मुख्यमन्त्री राउत तानिने गरीको अरु प्रमाण खोजेन । साभारः अनलाईनखबरडटकम

Facebook Comments Box

यो समाचार पढ्न छुट्नुभयो ?

सशस्त्र प्रहरी बलद्वारा मदन गुप्ताको दुर्गा क्यारियरको गोदाममा छापाः ५० लाख मुल्य बराबराको अवैध कपडा, काजु लगायतका सामान बरामद

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सशस्त्र प्रहरी बल पर्साले ५० लाख मुल्य...

पम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०६ बैशाख । पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम...

प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला प्रकरणः अन्सारीलाई सुविधा उपलब्ध गराएकोमा विरोध

सहारा संवाददाता––––––––––––––– वीरगंज, २७ चैत्र । नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

आगलागीबाट घर सहित लाखौंको अन्नवाली जलेर नष्ट

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सिमावर्ती भारतीय खेतबाट सल्केको आगोले...

अमेरिका थप नजिक रहेर काम गर्न इच्छुक देखियो–अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाख (रासस) अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री...