spot_img
Homeसमाचारबंधुवा मजदूर मुक्त नेपाल ऐतिहासिक उपलब्धी – अध्यक्ष बिक

बंधुवा मजदूर मुक्त नेपाल ऐतिहासिक उपलब्धी – अध्यक्ष बिक

वीरगंज, ०६ भदौ ।
रास्ट्रिय दलित नेटवोर्क (चमल) नेपालका अध्यक्ष गणेश बिकले बधुवा मजदुर मुक्त नेपाल निर्माण एक एतिहासिक उपलब्धि भएको बताउनु भएको छ ।
चमल को २२ औ स्थापना दिवसको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तरगत अध्यक्ष बिकले एक प्रेस बिज्ञप्ती जारी गरी सामन्ती अवशेसको रुपमा रहेको बधुवा मजदुरको प्रथाको मुक्ती ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नु भएको हो ।
जारी बिज्ञप्तीमा हलिया मुक्ति तथा पुनःस्थापना पश्चात उस्तै समस्याका रुपमा रहेको पूर्वी नेपालको हरवाचरवाको मुक्तिको आन्दोलनमा चमल नेपालको नेतृत्वदायी भूमिकाका कारण २०७९ श्रावण २ गते सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकारका मन्त्रीहरू, सांसदहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरु सहित हलिया, कमैया तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहका बीच अनुचित ऋणको खारेजीसहित हरवाचरवा मुक्तिको घोषणा गर्नु भएको छ । हरवाचरवाको मुक्तिको घोषणासंगै अब नेपालमा सामन्तवादका अवशेषहरुका रुपमा रहेको प्रथाहरु औपचारिकरुपमा अन्त्य भएका छन र नेपाल बंधुवाप्रथा मुक्त राष्ट्र भएको उल्लेख छ ।
चमल नेपालले स्थापनाकालदेखि नै कमैया, हलिया तथा हरवाचरवाप्रथाको अन्त्य गर्ने लक्ष्यका साथ आन्दोलनको निर्माण गरेको हुनाले यो वर्षको स्थापना दिवसका सन्दर्भमा गौरव अनुभूति गर्दै देशैभरिका मुक्त कमैया, कम्लरी तथा हलिया विशेषगरी हरवाचरवाप्रथाको जीवन व्यथित गर्नु भएका दाजुभाइ तथा दिदिबहिनीहरुप्रति बधाई तथा शुभकामना समेत विज्ञप्ती मार्फत व्यक्त गरिएको छ ।
विज्ञप्तीमा नेपाल सरकारलाई हरवाचरवा पुनःस्थापना तथा कमैया कमलरी तथा हरलियाहरु जो अझै पुनःस्थापना हुन बांकी छन् उनीहरुको पुनःस्थापनाका लागि संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्न जोडदार माग गरिएको छ । साथै एक कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचन पूर्व मुक्त हरवाचरवाको तथ्यांक संकलन गर्ने काम गर्न माग समेत गरेका छन ।
पुनःस्थापनाका काममा निरनतर निगरानी गर्न मानवअधिकार तथा न्यायका पक्षधर सम्पूर्ण राजनीतिक दल, स्थानीय जनप्रतिनीधिहरु, नागरिक समाज, प्राध्यापक, शिक्षक, वकिल तथा संचारकर्मीलाई विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -