वीरगंज, ०५ भदौ ।
सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाबाट ठुलो परिमाणमा लागु औषध गाँजा नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा सप्तरी जिल्ला हनुमाननगरकंकालिनी नगरपालिका वडा नं. १ स्थित शसस्त्र प्रहरी बलको छोटी ब्यारेज बेश क्याम्पबाट खटिएका निरीक्षक उमेश कुमार आले नेतृत्वको टोलीले ९ पोकामा रहेको १ सय ८० किलो गाँजा बरामद गरेको हो ।
पटेरघारी स्थित झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनु भयो ।
लागु औषध गाँजा नियन्त्रण
Facebook Comments Box