spot_img

द्वयध नागरिक सुषमा देवी र क्याल विरुद्ध पनि उजुरी दिइने



वीरगंज, ०२ भदौ ।
झुठो विवरण पेस गरि नेपाली नागरिकता लिनेहरु उपर कारवाही हुनु पर्ने जोडदार आवाज उठ्न थालेको छ ।
२०६३ सालको नागरिकता टोलीबाट भारतीय नागरिकहरुले झुठो विवरण पेस गरी जन्मको आधारमा नेपाली नागरिकता लिएर नेपाल र भारत दुवै देशको सरकार बनाउन भुमिका खेल्नुको साथै आर्थिक बलमा नेपाली सांसद र मन्त्री बन्ने सपना बुनेर अग्रसर हुन थाले पछि यस्ता द्वध नागरिक उपर कारवाहीको मांग जोडदार रुपमा उठ्न थालेको हो ।
देशभक्त युवा समुहले त्यस्ता दुई देशे नागरिकहरुको फेहरिस्त खोतालेर स्थानीय प्रशासनमा उजुरी दिई कारवाहीको मांग गर्न थालेका हुन ।
यसै क्रममा भारत विहार सितामढी जिल्ला बेल बस्ने नरसिंहका छोरा नरेश कुमार साह दुई देशको नागरिक भएको र भारतमा जन्मे र पनि नेपालमा जन्म भएको भनी भ्mठो विवरण पेस गरी लिएको नागरिकताको सम्बन्धमा स–प्रमाण सहित परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान गरी खारेजीका लागी गृहमन्त्रालयमा सिफारिस गरेको छ ।
यस्तै भारतीय नागरिक हुंदा हुंदै नेपालमा पतिको जन्म भएको भनी भ्ठो विवरण पेस गरी नेपाली नागरिकता लिएका एक भारतीय नागरिक व्यवसायीकी श्रीमती सुषमा देवीको पनि भारतीय नागरिकको हैसियतले हाल सम्म भारतीय मतदाता सुचिमा नाम उल्लेख रहेको प्रमाण राष्ट्रिय सहारालाई प्रमाण फेला परेको छ ।
सुषमा देवीका पति पनि भारतीय नागरिक भए पनि नेपाली नागरिकता लिएर नेपाल सरकार मातहत रहेका महत्वपुर्ण संस्थाका पदाधिकारी रहनुको साथै उद्योगी व्यवसायीका संगठनमा समेत कार्यकारी पदमा आसिन रहेको पाइएको छ ।
उनले पनि मौका पाए सांसद र मन्त्री सम्म पुग्ने सपना बुनेका भए पनि उनको नागरिकता विरुद्ध पनि जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरी उपर अनुसन्धान भइरहेको बुझिन आएको छ ।
देशभक्त युवा समुहले सुषमा देवीको नागरिकता विरुद्ध पनि प्रमाण सहित उजुरी दिने तयारीमा जुटेका छन ।
त्यस्तै नेपालको वंंसज नागरिक भएपनि भारतमा समेत नागरिक रहेको एक व्यवसायीको प्रमाण राष्ट्रिय सहारालाई फेला परेको छ ।
समाचार श्रोतका अनुसार वीरगंज महानगरपालिका वडा नं. ६ महाविर गल्लीमा घर रहेका बाबुलाल क्यालका छोरा संजय कुमार क्यालको भारतीय मतदाता सुचिमा नाम उल्लेख रहेको पाइएको छ ।
क्यालले पनि नेपाल र भारतका सरकार बनाउन दुवै देशमा मतदान गर्दै आएका छन ।
नेपालमा बसोबास र जन्म भएको कुनै ठोश आधार प्रमाण नै नभई २०६३ सालमा खटिएको नागरिकता टोलीबाट जन्मको आधारमा नेपाली नागरिकता लिनेहरुको झुण्ड नै वीरगंजमा रहेको पाइन्छ ।
२०६३ सालमा खटिएको नागरिकता टोलीबाट अधिकांश गैर नेपालीले झुठो विवरण पेस गरि मापदण्द विपरीत नेपाली नागरिकता लिएकाहरुको सम्बन्धमा ब्यापक बहस चलिरहेको र यस्ताहरु कै कारण अहिले विभिन्न सत्य र कानुन सम्मत आधार प्रमाणका साथ जन्मको आधारमा नेपाली नागरिकता लिएकाहरुका नागरिकता उपर पनि आशंका उत्पन्न भएको छ ।
अझै पनि भारतमा श्रीसम्पतिका साथै सम्पूर्ण ब्यवहार कायम रहदा रहंदै जागिर र ब्यपारको सिलसिलामा नेपाल प्रवेस गरेकाहरुले नेपालमा २०४६ साल भन्दा अघि नै जन्म भएको भन्दै आर्थिक बलमा झुठो विवरण पेस गरि मापदण्ड अनुरुपको कागजात समेत पेस नगरि जन्मको आधारमा नागरिकता लिएर दुवै देशको सुविधा भोग गरि रहेका छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर