सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारबस व्यवसायी कम्पनीहरुद्वारा बस टर्मिनलका ठेकेदार उपर कारवाहीको मांग

बस व्यवसायी कम्पनीहरुद्वारा बस टर्मिनलका ठेकेदार उपर कारवाहीको मांग

वीरगंज, ०१ भदौ ।
वीरगंज बस टर्मिनलका ठेकेदारले पार्किङ शुल्कको नाममा दोहोरो शुल्क उठाइरहेको भन्दै बस व्यवसायी कम्पनीहरुले कारवाहीको मांग गरेको छ ।
पर्सा नारायणी यातायात प्रा. लि., पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा. लि. र पुरानो नारायणी यातायात कम्पनी प्रा. लि.ले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह समक्ष निवेदन दिंदै कारवाहीको मांग गरेको हो ।
यी कम्पनीहरुले दिएको निवेदनमा वीमनपाका पुर्व मेयर र वर्तमान मेयरलाई यस अघि पटक–पटक लिखित तथा मौखिक अवगत गराउदा पनि टर्मिनल व्यवस्थापनका जिम्मेवारी लिएका ठेकेदार कम्पनीले दोहोरो तेहरो शुल्क असुल्दै आएको उल्लेख गरेको छ ।
निवेदनमा न त बस टर्मिनलको दुरावस्था र वेथिति सुधार गरेको छ, न त रात्रि कालिन बस पार्किङ गर्दा हुने ब्याट्री, टिभि र डिजल चोरी नियन्त्रण तर्फ कुनै पहल गरेको उल्लेख छ ।
बस व्यवसायी कम्पनीहरुले मेयर सिंह समक्ष दिएको निवेदनमा दोहोरो तेहरो शुल्क असुली बन्द गर्नु पर्ने मांग सहित असुलीमा सहयोग गर्ने वीरगंज महानगरपालिकाका जिम्मेवार व्यक्ति उपर समेत छानविन गरी कडा कारवाही गर्न पनि मांग राखेको छ ।
बस व्यवसायी कम्पनीहरुले ठेकेदार कम्पनीलाई दोहोरो तेहरो शुल्क उठाउन सहयोग गर्ने र कम्पनी उपर समेत कारवाही हुनु पर्ने मांगका साथै नजायज रुपमा असुली गरेको शुल्क फिर्ता गराउन समेत मेयर समक्ष आग्रह गरेका छन ।
पर्सा नारायणी यातायात प्रा. लि.का अध्यक्ष जगत प्रसाद साह कान, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा. लि.का संयोजक सुमन श्रेष्ठ र पुरानो नारायणी यातायात कम्पनी प्रा. लि.का संचालक विनोद कुमार मानन्धरले दिएको छुट्टा–छुट्टै निवेदनमा बस टर्मीनलको सुधार र सुरक्षाको प्रत्याभुती प्रदान गर्ने अवस्था तयार भईसके पछि मात्र पार्कि शुल्क लिने व्यवस्था गर्न समेत मांग गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -