spot_img

साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम



वीरगंज, २६ साउन ।
सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीहरुको लागी साईबर क्राइम बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारद्वारा वीरगंज पब्लिक कलेजमा आयोजना गरेको साइबर क्राइम बारे सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका अध्यक्ष वाशुदेव सहनीको सभापतित्वमा र वीपिसि कलेजका अध्यक्ष्ँ डा. दिपक शाक्यको प्रमुख आतिथ्यमा आयोजित सचेतना कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिकाश मल्लले विद्यार्थीहरुलाई साइबर क्राइम बारे प्रशिक्षण दिनु भयो ।
कार्यक्रममा प्रनि मल्लले प्रोजेक्टरको माध्यमबाट बुन्दागत रुपमा वीपिसि कलेजका सहभागी विद्यार्थीहरुलाई साइबर क्राइम बारे प्रशिक्षण दिंदै साइबर (इन्टरनेट) प्रयोग गरी विभिन्न सामाजिक संजाल मार्फत के–कस्ता गतिविधि गर्दा क्राइम (अपराध) मानिने सम्बन्धमा बुन्दागत रुपले विद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष प्रवेश सर्राफ, प्रहरी सहायक निरिक्षक मिना कुमारी बराल लगायत सामुदायिक केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर