spot_img

सशस्त्र प्रहरी बलद्वारा गा“जा सहित एक ट्रक नियन्त्रण



वीरगंज, २५ साउन ।
सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको लागु औषध गा“जा जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २४ स्थित ड्राइपोर्ट – परवानीपुर सडक खण्डबाट सोमवार राती ११ बजे बरामद गरेको लागु औषध गा“जा सहित एक ट्रक आवस्यक कारवाहीको लागी जिप्रका पर्सालाई बुझाएको हो ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको टोलीले विमनपा वडा नं. २४ ड्राइपोर्ट – परवानीपुर सडक खण्ड स्थित पवनपुत्र पेट्रोल पम्प देखी अन्दाजी १५० मिटर उत्तर तर्फ बहुअरी चौकमा रोकि राखेको युपि ७५ एन ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकमा लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध गा“जा सहित उक्त ट्रक वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक शन्तोष कुमार बस्नेतले जानकारी दिनु भयो ।
सप्रउ बस्नेतका अनुसार ट्रकको चालक क्याविन माथिको हुटमा बाकस माथी सामान राख्ने खण्ड बनाएर लुकाइछिपाई राखेको अवस्थामा १० प्याकेटमा रहेको १४३ किलो ५ सय ग्राम गा“जा बरामद भएको हो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर