सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारमैथिली भाषा–संस्कृतिका लागि साइकल यात्रा

मैथिली भाषा–संस्कृतिका लागि साइकल यात्रा

सप्तरी, २५ साउन (रासस)
सप्तरीका मैथिली अभियानी र मिलाफ नेपालले मैथिलीभाषा, साहित्य, कला–संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आजबाट ‘देवघर साइकलयात्रा २०७९’आरम्भ गरेको छ ।
छिन्नमस्ता गाउपालिका–१ वीरपुरस्थित भोलाबाबाको मन्दिर, राजविराजस्थित राजदेपीमन्दिर र शक्तिपीठ छिन्नमस्ताको दर्शन गरेपश्चात भारतको वैद्यनाथधामको लागि २७ साइकलयात्री देवघर प्रस्थान गरेका छन् । सप्तरीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको देवघर यात्राको लागि साइकलबाट १० दिनको समय तय गरिएको छ ।
नेपाली र भारतीय क्षेत्रको मैथिलीभाषीको सांस्कृतिक सद्भाव र भाषिक सम्मानका लागि यात्रा अभियान गरिएको मिलाफ नेपालले जनाएको छ । मिलाफ नेपालका सचिव विद्यानन्द बेदर्दीका अनुसार टोलीले ठाउँ(ठाउँमा जनजागरण, भाषिक सन्देशमूलक र अन्तक्र्रिया कार्यक्रम गर्ने छ । बिदाइ कार्यक्रममा उपस्थित मिलाफका संस्थापक अध्यक्ष एवम् साहित्यकार देवेन्द्र मिश्रले मैथिलीभाषाको विशेषता र विशिष्टता केन्द्रित विषयवस्तु राखेर सम्पूर्ण बोली(शैलीलाई एकताको सुत्रमा बाँध्ने प्रशंसनीय प्रयास भएको बताउनुभयो ।
अभियान टोलीले ‘मैथिली फूलन इँफुलबारी छियै’ (मैथली फूल होइन, फूलबारी हो) शीर्षकको वृत्तचित्रसमेत निर्माण र सार्वजनिक गरेको सह(संयोजक गजेन्द्र गजुरले जानकारी दिनुभयो । मिलाफ नेपाल, राजविराजका अध्यक्ष रमिला साहको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा मिलाफका संस्थापक सदस्य तथा गायिका कञ्चना झाले महेशवाणी गाएर साइकल यात्रीलाई बिदा गर्नुभयो ।
पहिलो पटक सामूहिक रूपमा ‘मिथिला देवघर साइकलयात्रा’ २०७६ को आयोजना गरिएको थियो । कोभिड(१९ का कारण विगत दुई वर्ष साइकल यात्राको अभियान रोकिएकोमा यो वर्ष पुनःमैथिली भाषाको जनजागरणका लागि साइकलयात्राको अभियानलाई निरन्तरता दिएको टोलीका संयोजक सुभाष वीरपुरियाले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -