वीरगंज, २५ साउन ।
पछिल्लो समय कपडाको तस्करी कार्यमा पर्सा जिल्लाले इतिहास रचेको पाइएको छ ।
पर्सा जिल्लाका विभिन्न सिमानाका प्रयोग गरी तस्करहरुले दैनिक रुपमा झण्डै ७ सय गांठ कपडा काठमाण्डौं पु¥याउदै आएको समाचार बुझिन आएको छ ।
हुन त देशका विभिन्न नाकाबाट पनि तस्करहरुले भारतबाट अवैध रुपले भित्रियाइएको कपडा मात्र नभई इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल सामाग्रीहरुका साथै मोटर पार्टसहरु समेत नारायणघाट, पोखरा र काठमाण्डौं सम्म निर्वाध पु¥याउदै आएको एक व्यवसायीले बताएका छन ।
तर पछिल्लो केही समय देखी देशको भैरहवा, सर्लाही, रौतहट, महोत्तरी र धनुषा भन्दा पनि पर्सा जिल्लाका नाकाहरुबाट अवैध रुपले भित्रिएका कपडा सहितका सामाग्रीहरु काठमाण्डौं लगायतका सहरहरुमा सहजै पुग्ने गरेको बताइन्छ ।
पर्सा जिल्ला सदरमुकाम वीरगंजका मुख्य नाका सहित इनर्वा गाउ, छपकैया, सिर्सिया, अलौ, अमरपट्टि, धोरे÷पकाहामैनपुर, भिष्वा, जानकी टोला÷इनर्वा र ठोरी लगायतको नाका प्रयोग गरी तस्करहरुले सुरक्षा संयन्त्रकै सहजी करणमा तस्करी कार्यलाई निरन्तरता दिइएको बताइन्छ ।
भन्सार कार्यालयबाट वैधानिक रुपमा कारोवार गर्ने एक व्यवसायीले बताए अनुसार पछिल्लो केही समय देखी पर्सा जिल्लाबाट दैनिक रुपमा ६–७ सय गांठ कपडा मात्र काठमाण्डौं पुग्ने गरेको छ ।
जबकी भन्सारको अभिलेखमा त्यती कपडा आयात भएको देखिंदैन । ति व्यवसायीका अनुसार भन्सार कार्यालय परिसर प्रयोग गरी विनोद रोडवेजका ट्रकहरुबाट पनि अवैध रुपले कपडाहरु भित्रिने गरेको छ ।
तस्करहरुले भिटिएसको नाममा नक्कली विल प्रयोग गरी अवैध मालसामान काठमाण्डौं लगायतका सहर सम्म पु¥याउन सुरक्षा संयन्त्रका साथै भन्सार र राजस्व अनुसन्धानका केही अधिकृतलाई समेत आर्थिक प्रभावमा पारेर आप्mनो अवैध कारोवारलाई वैधानिक तरिकाले संचालन गरिरहेको अर्का एक व्यवसायी बताउ छन ।
ति व्यवसायीले अवैध कारोवारका कारण हाम्रो वैध कारोवार अहिले ठप्प झै भएको राष्ट्रिय सहारालाई बताएका छन ।
तस्करहरुले दैनिक ६–७ सय गांठ अवैध कपडा भित्रियाउदै

Facebook Comments Box