spot_img

नेकपा (एस)को पर्सा अन्तरगत क्षेत्रीय अध्यक्ष र सचिव चयन



वीरगंज, २३ साउन ।
नेकपा (एकीकृत समाजवादी) पर्साको सचिवालय बैठकले जिल्ला अन्तर्गतका चार निर्वाचन क्षेत्रको अध्यक्ष र सचिव चयन गरेको छ ।
जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सोमवार वीरगंजमा बसेको बैठकले जिल्ला अन्तर्गतका चार निर्वाचन क्षेत्रको अध्यक्ष र सचिव चयन गरेको हो ।
बैठकले पर्सा निर्वाचन क्षेत्र नं. १ को अध्यक्षमा मंजुर आलम, सचिवमा सन्ता महर्जन, क्षेत्र नं. २ को अध्यक्षमा बृजलाल पासवान, सचिवमा रेविन्द्र कार्की, क्षेत्र नं. ३ को अध्यक्षमा राजेन्द्र चौधरी, सचिवमा बृजेश चौहान, क्षेत्र नं. ४ को अध्यक्ष गंगा खड्का र सचिवमा दिनेश साहलाई चयन गरेको नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरका अध्यक्ष मनोज चौधरीले जानकारी दिनु भयो ।
त्यसैगरी सचिवालय बैठकले श्रावण मसान्त भित्र संगठित सदस्यता अध्यावधिक गर्ने र मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन केन्द्रित अभियान संचालन गर्ने निर्णय पनि गरेको उहाले जानकारी दिनु भयो ।
होटल कुमु प्यालेसमा बसेको बैठकमा नेकपा (एस)का पोलिट ब्युरो सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, लेखा आयोग सदस्य किशोरी कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर