सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारहरवाचरवाको सवाल राजनितिक दलहरुको मुख्य एजेण्डा बन्नु पर्छ–मन्त्री महतो

हरवाचरवाको सवाल राजनितिक दलहरुको मुख्य एजेण्डा बन्नु पर्छ–मन्त्री महतो

जनकपुर, २३ साउन ।
मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा बन मन्त्री सत्रुघन महतोले कृषिबंधुवाको रुपमा काम गरिरहेका हरवाचरवाको सवाल राजनितिक दलहरुको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिनु भएको छ ।
गत २०७९ श्रावण २ गतेका दिन २२ औं कमैया मुक्तिदिवशको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले हरवाचरवामुक्ति घोषणा गरेका सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवाचरवाअधिकार मंचले सोमवार संयुक्त रुपमा जनकपुरधाममा आयोजना गरेको २ दिने जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुका लागि नेतृृत्व बिकास र जन वकालतशिप सम्बन्धी दुई दिने तालिमको उदघाटन गर्दै मन्त्री महतोले यस्तो जोड दिनु भएको हो ।
सो अवसरमा उहाले हरवाचरवाको समग्र सामाजिक र आर्थिक बिकासका लागि मधेस प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा बिशेष प्रस्ताव राख्न आफुले पहल कदमी लिनमा कुनै कन्जुस्याई नगर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष एवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्धारा गठित हरवाचरवा, मुक्तहलिया, कमैया र कमलरीको बस्तु स्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुलुकमा अहिले संघीयता र समावेशी बिकासको अभ्यास थालनी भईरहेको परिपेक्षमा अझै सम्म पनि शोषण मूलक कुप्रथाको रुपमा रहेको कृषीबंधुवा प्रणाली को अन्त्य नहुनु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लाज मर्दो भएको बताउनु भयो ।
उहाले राज्यको संरचनात्मक रुपान्तरणको माध्यमबाट हरवाचरवाको सामाजिक, आर्थिक सशक्तिकरण मार्फत उनीहरुको मर्यादित जीवन सुनिश्चित गराउने पहिलो दायित्व राज्यको नै भएको बताउनु भयो ।
कार्यक्रमको उदघाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महोत्तरी जिल्ला अध्यक्ष कौशीलाल यादब, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जन वकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिन्द्र सदा, दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक सुनिल ठाकुरले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले सहभागिहरुलाई स्वागगतगर्दै कार्यक्रमको महत्व र औचित्य माथी प्रकाश पारेका थिए ।
तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरुको सहभागिता रहेको छ ।
तालिममा बर्तमान परिवर्तित सन्दर्भ संगै जन वकालतसिप, नेतृत्वबिकास, मानव अधिकारमुखी बिकास पद्धती, मुक्त हरवाचरवाको पुनस्र्थापनाको प्याकेज, सरोकारवाला बिश्लेषण सम्बन्धी छलफल भई हरवाचरवाको पुनस्र्थापनाको अभियानमा सहयोग पुग्ने ६ महिने कार्ययोजना समेत निर्माण गरिने जनाइएको छ ।
तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्मा, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जन वकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालराम भट्टराइ र कार्यक्रम सल्लाहकार ब्रम्हदेव रामले गर्नु हुने जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -