spot_img

युवा नेता चौधरीको उम्मेदवारी घोषणा



वीरगंज, २३ साउन ।
आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको आउदो मंसिर ४ गते निर्वाचन घोषणा संगै दल तथा स्वतन्त्र उम्मेदवारी घोषणाको श्रृंखला सुरु भएको छ ।
यसै क्रममा दल तथा स्वतन्त्रबाट युवा वर्गबाट उम्मेदवारी दिने घोषणा भई रहेको अवस्थामा पसां जिल्लाका सर्वाधिक चर्चामा रहेका युवा नेता मनोज चौधरीले विधानसभामा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
युवा नेता चौधरीले नेकपा (एकिकृत समाजवादी) पार्टीबाट पर्सा क्षेत्र नं. २ को ‘ख’ बाट प्रदेश सभासदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
समाज सेवा र सोषित पिडितको पक्षमा प्रखर रुपमा मैदानमा उत्रिने युवा नेता चौधरीको उम्मेदवारी घोषणाले युवा पिडिमा जांगर थपिने विश्वास लिइएको उहाले बताउनु भएको छ ।
देश भरी नै युवा पिडिलाई राजनितिक तथा राज्यको नेतृत्व सुम्पिनु पर्ने आवाज उठिरहेको अवस्थामा विभिन्न दल तथा स्वतन्त्र रुपमा युवा वर्गको उम्मेदवारी घोषणाले आम जनतामा पनि उत्साह छाएको देखिन्छ ।
अविवाहित रहेका युवा नेता चौधरीले शोषित पिडित तथा अन्यायमा परेका समुदायको उत्थानका निम्ती तथा मुलुकको वर्तमान अवस्थालाई मध्य नजर गरी अब हामी युवा जगरुक हुनु पर्छ भन्ने अभिप्रायले उम्मेदवारी घोषणा गरेको बतानु हुन्छ ।
उहाले अब मुलुक हांक्न युवा पिढि अग्रसर हुनु पर्नेमा जोड दिंदै आम जनताले पनि युवा पिढिलाई पत्याएर मत दिनेमा विस्वस्त रहेको बताउनु हुन्छ ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर