spot_img

महिला उद्यमी सुषमा देवी दुई देशको नागरिक



वीरगंज, २३ साउन ।
माडवाडी समुदायकी एक महिला उद्यमी दुई देशको नागरिक भएको समाचार बुझिन आएको छ ।
तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. ७ हाल वीरगंज महानगरपालिका वडा नं. ६ बाट नेपाली नागरिक रहेकी सुषमा देवी भारतको पनि नागरिक रहेको समाचार बुझिन आएको हो ।
द्वध नागरिक श्रीमान्को नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी सुषमा देवीको भारतीय मतदाता सूचिमा समेत नाम रहेको प्रमाण रष्ट्रिय सहारालाई प्राप्त भएको छ ।
वीरगंज स्थित एक धागो उद्योगको संचालिका समेत रहेकी सुषमा देवी र उनका श्रीमान् समेत नेपाल र भारत दुई देशको नागरिक भएको समाचारमा जनाइएको ।
उनका श्रीमान्ले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।
आन्तरिम संविधान २०६३ को समान्य मापदण्ड समेत पुरा नगरी नागरिकता लिएका श्रीमान् कै नागरिकताको आधारमा नेपाली नागरिकता लिएकी सुषमा देवी र निजका श्रीमान्ले दुई देशको सुविधा प्रयोग गरिरहेको उनी निकट श्रोतले जनाएको छ ।
स्मरण रहोस संसारको कुनै पनि देशका नागरिकले दुई देशमा मतदान गर्ने र सरकार बनाउने अधिकार नरहेको अवस्थामा सुषमा देवी र निजका श्रीमान्ले नाम र थरको दुरुपयोग गरिरहेको प्रमाण राष्ट्रिय सहारा संथ सुरक्षित रहेको छन ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर