सहारा दैनिक

spot_img
Homeसमाचार‘सुपर स्पेलेन्डर’ ले दियो ९३ कि.मि. को माईलेज

‘सुपर स्पेलेन्डर’ ले दियो ९३ कि.मि. को माईलेज

वीरगंज, २२ साउन ।
हिरो ब्राण्डका एक ‘सुपर स्पेलेन्डर’ मोटरसाइकलले १ लिटर पेट्रोलमा ९३ किलो मिटरको माइलेज दिएको छ ।
‘सुपर स्पेलेन्डर’ मोटरसाइकलका वीरगंज स्थित विक्रेता एनजीएम ट्रेडिङ प्रा.लि. ले आयोजना गरेको माईलेज परिक्षणका क्रममा एक मोटरसाइकलले १ लिटर पेट्रोलमा ९३ किलो मिटर चलेको हो ।


एनजीएम ट्रेडिङले आयोजना गरेको परिक्षणमा सहभागी ५२ जनाको मोटरसाइकल मध्ये वीरगंज महानगरपालिका वडा नं. १३ का मनोज कुमार ढुंगानाले लिएको मोटरसाइकलले १ लिटर पेट्रोलमा ९३ किलो मिटरको माईलेज दिएको विक्रेताका म्यानेजर प्रवेश डंगोलले जानकारी दिनु भयो ।
माईलेज परिक्ष्ँणमा विजेता घोसित भएका ढुंगानालाई उपहार सहित प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको छ ।
कम्पनिका क्षेत्रिय म्यानेजर प्रकाश फुईयालको सभापतित्वमा आयोजित माईलेज परिक्षण कार्यक्रममा एनजीएम ट्रेडिङ प्रा.लि. कम्पनिका सम्पुर्ण टिमको सहभागीता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -