वीरगंज, २० साउन ।
सशस्त्र प्रहरी वल १३ नम्बर गण पर्साको टोलीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी वल १३ नम्बर गणबाट खटिएको टोलीले पर्सा जिल्ला बहुरमाई नगरपालिका वडा नं. ७ छप्कैया स्थितबाट २४० किलो लागु औषध गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले बहुरमाई नपा वडा नं. ७ छप्कैया स्थित श्री बाल निकेतन ईङलिस बोडिङ स्कुलको पुरानो भवन पछाडी झाडिमा लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध गाँजा बरामद गरेको जनाइएको छ ।
सशत्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतका अनुसार तस्करहरुले गाख्जालाई पलास्टिक भित्र पोको पारी बण्डल बनाएर राखेको अवस्थामा शुक्रवार सांझ साढे छ बजे बरामद गरिएको हो ।बरामद गरिएको गाख्जा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी वल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्ष तेज प्रसाद पोखरेलले जानकारी दिनु भयो ।
ठुलो परिमाणमा गाँजा बरामद
Facebook Comments Box