spot_img

उद्योगी चाचान दुई देशको नागरिक भएको खुलासा



वीरगंज, २० साउन ।
वीरगंजका चर्चित उद्योगी घनश्याम दास चाचान दुई देशको नागरिक भएको समाचार बुझिन आएको छ ।
दशकौ देखी वीरगंज आदर्शनगरमा जिडि फर्मास्युटिकल्स नामको औषधी उद्योग संचालन गरी बसेका चाचान दुई देशको नागरिक भएको समाचार बुझिन आएको हो ।
तीन दाजुभाई रहेका चाचानका कान्छा भाई महावीर चाचान झुठो विवरण पेस गरी झापा जिल्लाबाट नागरिकता लिंदा तत्कालिन अवस्थामै उनी विरुद्ध मुद्दा गरे पछि नेपाली नागरिकता त्यागेर भारत छिरेका थिए भने माइला भाई मानिक चाचान पनि नेपाली नागरिकता परित्याग गरेका छन ।
तर २०६३ सालमा अंकिकृत नागरिकता लिएका घनश्याम दास चाचान अहिले पनि भारतीय नागरिक रहेको प्रमाण राष्ट्रिय सहारालाई प्राप्त भएको छ ।
निजले नेपाली नागरिकता लिनु अघी भारतीय नागरिकता परित्याग गरेको प्रमाण पेस गरेका होलान अनि मात्र नेपालमा अंकिकृत नागरिकता पाउने प्रावधान अनुसार प्राप्त गरेका छन ।
हुन त उनी नेपालमा दशकौ देखी बसोबास गरी उद्याोग संचालन गर्दै आएका छन ।
त्यही आधारमा भारतीय नागरिकता परित्याग गरी नेपाली नागरिकता लिएको उनी निकट श्रोतले जनाएको छ ।
तर भारतीय नागरिकको हैसियतले अहिले उनी भारतको एक कम्पनीमा संचालक रहेको प्रमाण राष्ट्रिय सहारालाई प्राप्त भएको छ ।
घनश्याम दास चाचान र निजका छोरा राकेश कुमार चाचान समेत दोहोरो नागरिक भएको श्रोतले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर