spot_img
Homeसमाचारबैंक कर्मचारी र प्रहरी कै मिलोमतोमाः बैंकीङ कसुर मुद्दामा फसाउन खोजिएको तुराहाको...

बैंक कर्मचारी र प्रहरी कै मिलोमतोमाः बैंकीङ कसुर मुद्दामा फसाउन खोजिएको तुराहाको आरोप

नरेश सर्राफ––––––––––––––––––––
वीरगंज, २० साउन ।
प्रहरीबाट न्याय नपाएको भन्दै वीरगंज महानगरपालिका वडा नं. २५ अलौंका जियालाल साह तुराहाले पत्रकार सम्मेलन मार्फत न्यायको लागी गुहार लगाएका छन ।
नातामा भिनाजु पर्ने अयोध्या साह तुराहाले सिभिल बैंकमा रहेको खाताको बैंककै कर्मचारीहरुको मिलोमतोमा नक्कली हस्ताक्षर गरी चेकबुक निकालेर चेक मार्फत १ करोड ६५ लाख ९४ हजार ३०८ रुपैया दिएको दावी गर्दै चेक बाउन्स गरी आफू माथि प्रहरीको मिलोमतोमा बैकिंङ कसूरमा मुद्दा दिएको जियालालले आरोप लगाएका छन ।
वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी जियालालले यस्तो आरोप लगाउदै न्यायोचित छानविन गरी दोषीलाई कारवाही गर्न मांग गरेका हुन ।
पत्रकार सम्मेलनमा अयोध्याको जेठो छोरा हरेराम कुमार साहले जियालाल साह तुराहाको नक्कली हस्ताक्षर गरेर २०७८ फागुन १६ गते सिभिल बैंककै कर्मचारीको मिलोमतोमा एक थान (१० पेज)को चेक बुक निकालेको आरोप लगाउदै जियालालले पहिलो चेकमा १९ लाख भरेर उक्त बैंकमा चेक बाउन्स गराएर म माथि बैंकिङ कसूरमा मुद्दा दर्ता गराएर पक्राउ पुर्जी जारी गराएको बताए ।
चेक बाउन्स गरी उजुरी दिएको बारे जानकारी पाएपछि २०७९ जेष्ठ १९ गते नक्कली हस्ताक्षर गरेर चेकपेश गरेको उजुरी दिंदा समेत प्रहरीले कारवाही नगरेको बताउदै जियालालले पुनः २०७९ असार ५ गते अर्को निवेदन दिंदा डिएसपी ओमप्रकाश खनाल र प्रहलाद कार्कीले दुवैजना मिल्नुस् भनेर दबाब दिएपनि उजुरी शाखाका तिलधारी साहले कुनै पहल नगरेको बताए ।
प्रहरी समक्ष आफूसंग कुनै प्रकारको चेकबुक नरहेको र यो चेकमा मेरो हस्ताक्षर नभएको बारम्बार बयान दिंदा समेत प्रहरीले कुनै सुनवाई नगरी उल्टै आफूलाई पक्राउ गरी ४० दिनसम्म हिरासतमा राखेर मानसिक तनाव दिएको पत्रकार सम्मेलनमा जियालालले बताए ।
उच्च अदालतमा मुद्दा गएपछि न्यायधिश समक्ष बयानमा आफू संग चेक नभएको अवस्थामा हस्ताक्षर मैले कसरी गरे, यसको निश्पक्ष छानविन गर्नुपर्ने मांग गर्दा माननीय न्यायधिशले चेकमा हस्ताक्षर सम्बन्धीत खातावालाले नै गरेको हो होईन बुझन केन्द्रिय पुलिस फोरेंसिक विधि विज्ञान प्रयोगशालामा समेत परिक्षण गराउदा हस्ताक्षर नक्कली रहेको रिपोर्ट समेत अदालतमा पेश हुंदा पनि आफुलाई रु. ३ लाख धरौटीमा छाडेको निजले बताए ।
केन्द्रिय पुलिस फोरेंसिक विधि विज्ञान प्रयोगशालाको रिपोर्टको आधारमा र सिभिल बैंकको सिसि क्यामरा फुटेजमा समेत अयोध्या साह तुहारा र उनका छोरा हरेराम कुमार साह तुहाराले नक्कली हस्ताक्षर गरेर चेकबुक निकालेको प्रमाण हुंदा हुदै पनि प्रहरीले अयोध्या संग आर्थिक लेनदेनको प्रभावमा परेर उल्टै आफूलाई प्रताडित गर्ने काम गरीरहेको जियालालले आरोप लगाएका छन ।
एउटा छोराले नक्कली हस्तक्षर गरी चेक निकाल्छ, अर्को छोरा पप्पु कुमार साहले चेकबाउन्स गराएर बैकिङ कसूरको झुठो मुद्दा दिएर आफूलाई फसाउन खोजेको बारे प्रमाण सहित लिखित उजुरी दिदा समेत प्रहरीले कुनै कारवाही नगरेको जियालालको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनाल, प्रहलाद कार्की र उजुरी शाखाका तिलकधारी साहको मिलोमतोमा आफूमाथि जबरजस्ती मुद्दा लगाएर फसाउन खोजेको जियालालले आरोप लगाएका छन ।
नक्कली हस्ताक्षर गरी मेरो चेकमा १९ लाख रुपैया भरेर पप्पुले मुद्दा गरेका छन । अहिले पनि उनीहरु संग ९ वटा चेक बांकी छ । जसमध्ये उनको अर्का भाई लड्डु बाबु साहको नाममा २ लाख ९४ हजार ३०८ रुपैया, अयोध्या साहले आफनो नामले ९५ लाख, २० लाख र १० लाखको छुट्टा छुट्टै चेक काटेर राखेका छन र अयोध्याले आफनो श्रीमती उमरावती देवीको नाममा १९ लाख रुपैया रकम भरी चेक काटेर राखेका छन । अहिले पनि उनीसंग ४ वटा खाली चेक छ । बारम्बार धम्काउदै आईरहंदा पनि प्रहरीले उनीहरुको संरक्षण गरीरहेको समेत जियालालले आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा अलौं चोक नजिकै रहेको आफनो खाली जग्गामा सिभिल बैंकबाट आफूले २०७४ सालमा ३३ लाख रुपैया कर्जा लिएर सानो घर बनाएर परिवारलाई पाल्ने काम गर्दै आएको बताउदै जियालालले भने–लिएको कर्जा तरकारी बेचेर चुकाउदै आईरहेको छु । रु. १ करोड ६५ लाख रुपैया कुन आधारमा मलाई अरुले पैसा दिन्छ, त्यो पत्याउने कुरा नै छैन । पत्रकार सम्मेलनमा उनले बैंकबाट कर्जा लिंदा पनि बैंक कर्मचारीको मिलोमतोमा अयोध्याले ३३ लाख रुपैयाको आफनो नाममा छुट्टै तमसुक बनाएको आरोप समेत लगाएका छन ।
पप्पु कुमार साहले चेकमा किर्ते सहि गरी चेक बाउन्स गराई राखेको चेक प्रहरीकै मिलोमतोमा बैकिंङ कसूर मुद्दामा फसाउने षडयन्त्र गरिरहेको आरोप लगाउदै न्यायको लागि भन्दै जियालाल साहले पुरै परिवार सहित पत्रकार सम्मेलन मार्फत गुहार गरेका छन ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत संग बुभ्mन खोज्दा उनको फोन लागेन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -