नरेश सर्राफ––––––––––––––––––––
वीरगंज, १९ साउन ।
पर्सा जिल्ला सखुवा प्रसौनी गाउपालिका करार कर्मचारीलाई हटाएको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन ।
आर्थिक भार कम गर्ने बहानामा करारका कर्मचारी हटाएर आफनो अनुकुल आसेपासेलाई नियुक्ती गर्ने प्रकृया अगाडी बढाउन थालेपछि सखुवा प्रसौनी गाउपालिकाका २४ जना करार कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।
विगत तीन, चार बर्षदेखि कार्यालयले तोकेको पदमा काम गर्दै आएका कर्मचारीहरुलाई स्थानीय तहको चुनाव पश्चात नवनिर्वाचित गाउपालिका अध्यक्षले हटाएपछि आन्दोलित कर्मचारीहरुले पिडित करार कर्मचारी संघर्ष समिति गठन गरी बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी सहित सम्बन्धीत निकायलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
उनीहरुले आफुहरुको सम्झौता अवधि थप्नुपर्ने र हाजिरी गर्न दिनुपर्ने मांग राख्दै प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला समन्वय समितिका अध्यक्ष अजय सर्राफ र पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीलाई ज्ञापन पत्र बुझाउदै आफूहरुको सम्झौता अवधि थप्नुपर्ने मांग गरेका छन ।
शनिबार सम्म संघर्ष समितिले उठाएको मांग पुरा नभए आईतबार देखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत संघर्ष समितिका संयोजक अभ्यास राउत कम्करले दिएका छन ।
कम्करले गाउपालिका अध्यक्ष जसवन्त यादवमाथि राजनीतिक प्रतिशोध साध्न र आप्mनालाई नियुक्त दिनको लागि २४ जना करारका कर्मचारीहरुको सम्झौता अवधि नथपि हाजिरी गर्न नदिएको आरोप लगाए ।
गाउपालिकामा नया“ नेतृत्व आएसंगै करार कर्मचारीलाई काम गर्न नदिने वातावरणको सृजना गरी राजीनामा दिन दबाद दिइएको संघर्ष समितिका सचिव उपेन्द्र पासवानले आरोप लगाए । उनले बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालयमा पियुनको काम गर्दै आएका थिए, मेरो के गल्ती थियो, अध्यक्ष ज्यूले सम्झौता अवधि थप्नु भएन । मेरो बालबच्चालाई कस्ले पालनपोषन गर्छ भन्दै दुखेसो पोखे ।
आ–आप्mनो काम जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्दा पनि ३१ असार २०७९ मा गाउपालिकाले फेसबुक पेजमा सूचना प्रकाशीत गरेर कराकरका कर्मचारीलाई साउन १ गतेभित्र कार्य सम्पादन मूल्यांकन फाराम भरेर बुझाउन निर्देशन दिनुले करारका कर्मचारी हटाउन खोजेको स्पष्ट भएको उनको भनाइ छ । हतारहतारमा कर्मचारीले फारम भरेर बुझाएपछि पनि करार नविकरणपछि हाजिरी गराउने भन्दै हाजिरीसमेत गर्न नदिएको संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
१८ जना करारका कर्मचारीद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमार्फत करार सम्झौताको म्याद थप नगर्ने अन्यायपूर्ण कार्य बन्द गरी करार सम्झौता नविकरण गर्न माग गरिएको छ । सोही पदका लागि आह्वान गरिएको नयाँ विज्ञापन रद्द गर्नुपर्ने मागसमेत समेत उनीहरुले राखेका छन् । संघर्ष समितिका संयोजक कम्करले भने गाउपालिकाका अध्यक्ष यादव ज्यूले आर्थिक भार कम गर्न करारका कर्मचारीहरुको सम्झौता नगरेका भन्दै हुनुहुन्छ, तर उनले स्वंय २७ जना करारका कर्मचारी नियुक्तको लागि निवेदनको आहवान गर्नुभएको छ के त्यो आर्थिक भार हुदैन प्रश्न गरे ।
उनले राजनितिक प्रतिशोध साधनको लागि नै हाम्रो करार अवधि सम्झौता नविकरण गर्न नदिएको आरोप लगाए ।
गाउपालिका अध्यक्ष जसवन्त यादवले भने गाउपालिकाको आर्थिक भार कम गर्न खोज्दा विरोध गरेको बताए । अध्यक्ष यादवले भने–स्थानीय तहको चुनाव हुनुभन्दा ३ महिना अघिसम्म १२ जना कार्यालय सहयोगी थिए । जबकी गाउकार्यपालिकाको कार्यालयमा त्यति धेरै कार्यालय सहयोगी आवश्यक नै छैनन् । त्यस्तै ५ जना सामाजिक परिचालक कुनै काम नहुंदा पनि नियुक्त दिइएको छ । यसले गाउपालिकालाई आर्थिक रुपमा भार परीरहेको छ ।
सबै करारका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकनका आधारमा ८० प्रतिशतभन्दा बढी भएकालाई राखिएको र अरुलाई ३० गतेसम्म दैनिक ज्यालादारीमा राखिएको अध्यक्ष यादवको भनाई छ ।
करार सम्झौता थपको मांग गदै कर्मचारीहरु आन्दोलित
Facebook Comments Box