spot_img

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा पटेल



वीरगंज, १८ साउन ।
समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
वीरगंज स्थित नगरसभागृहमा आयोजित अधिवेशनले मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपक कुशवाहा, शयाम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चौरसिया, श्याम सर्राफ, अनुप यादव, सरोज पटेल लगायतका निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहेने गरी थपमा संजय साह, नरेश सर्राफ, संतोष साह, आशमहमद मिया“ र दिपक चौरसियालाई निर्विरोध चयन गरेको छ ।
त्यस्तै अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनोज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चौरसियालाई पनि निर्विरोध चयन गरेको छ ।अधिवेशनको उदघाटन गदैृ नेकपा (एकीकृत समाजवादी) का सचिव नागेन्द्र चौधरीले पर्सेली पत्रकारहरुको क्षमता वृद्धि जरुरी रहेको वताउनु भएको छ । उहाले काठमाडौंको मिडिया हाउसहरु विकास गरे पनि वीरगंजको मिडिया हाउसहरु त्यसको तुलनामा विकास गर्न नसकेकोमा दुखेसो व्यक्त गर्नु भयो ।समाजवादी प्रेस संगठन पर्सँको जिल्ला अधिवेशनको उदघाटन सत्रमै सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले संचार माध्यम प्रतिको विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गर्नु भयो । उहाले पत्रकारलाई विना तथ्य प्रमाणको कसैको चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाव दिनु भयो । मन्त्री महतो लोकतन्त्र र समाजवादको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गर्दै मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो ।समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिको यात्रामा रहेको वताउदै पत्रकारिता जहिले पनि समाज रुपान्त्रणको लागि हुनु पर्ने वताउनु भयो ।संघठन पर्साका अध्यक्ष मनोज पटेलको सभापतित्वमा आयोजित उदघाटन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिट ब्युरो सदस्य एवम् पर्सा इन्जार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, वीरगंज पब्लिक कलेजका संचालक डा. दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबाष साह, मधेश प्रदेशका संयोजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे मगर लगायतको उपस्थिती रहेको थियो ।संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अजय चौरसियाले गरेका थिए ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर