सहारा दैनिक

spot_img
Homeसमाचारमतदाता नामावली संकलनको अवधी थप्न मांग

मतदाता नामावली संकलनको अवधी थप्न मांग

वीरगंज, १७ साउन ।
पर्सा जिल्लाका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावलीमा नाम छुटेकाहरुकाको नाम समावेश गर्नका लागि समय अवधी थप्न आग्रह गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको सहकार्यमा दलित सरोकार मंच नेपालले मंगलबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मतदाता नामावली संकलनको मसय अवधी थप्न आग्रह गरेको हो ।
वीरगंजस्थित राष्ट्रिय दलित पत्रकार संघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका सल्लाहकार एंव दलित अगुवा बृजलाल पासवानले विभन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरुको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताउनु भयो ।
उहाले चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहित मतदाता नामावली संकलन गर्नुपर्ने माग गर्नु भयो ।
नागरीकता विधेयक पारीत भएपछि आगामी दिनमा नागरीकता पाउने नागरीकको पनि मतदाता नामावलीमा नाम समावेश हुन आवश्यक रहेको उहाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
उहाले आगामी मंसिरमा हुने भनिएको निर्वाचनलाई लक्षित गरेर भएपनि आगामी दिनमा नागरिकता पाउने नागरीकहरुलाई पनि मत हाल्नबाट बञ्चित गर्न नहुनेमा जोड दिंदै सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउनु भयो ।
पत्रकार सम्मेलनमा सहभागी दलित समुदायका अगुवाहरुले यसअघि जिल्लास्थित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत मतदाता नामावली संकलन गरिएपनि एक जना मात्र कर्मचारीको भरमा फारम भर्ने, रुजुु गर्ने र कम्प्युटरमा फोटो खिच्ने काम गर्ने कार्यले एक हप्ता सम्म पनि सर्वसाधरण जनताले पालो नपाएको तथा मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेको गुनासो गरेका छन ।
निर्वाचन कार्यालयमा वडाध्यक्ष,पालिका प्रमुख लगायतका जनप्रतीनीधीहरुले कर्मचारीसंगको मिलोमतोमा आप्mना मान्छेहरुको नाम दर्ता गराउने काममा बढी केन्द्रित भएकोले दैनिक ज्याला मजदुरी गरेर खाने खासगरी दलित, सिमान्तकृत र विपन्न परिवारका नागरीकको मतदाता नमावलीमा नाम छुटेको दलित अगुवाहरुले आरोप लगाएका छन ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष संजिव मिश्रा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रमेश सुवेदी, पर्सा अध्यक्ष मनोज पटेल, संघकी सदस्य एंव वीरगंज महानगरपालिका वडा नं. ३ की वडा सदस्य संगिता दास लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -