सहारा दैनिक

spot_img
Homeदेशमधेशनेताहरुले संघीयतालाई मोजमस्तीको माध्यम बनाए–लिङ्देन

नेताहरुले संघीयतालाई मोजमस्तीको माध्यम बनाए–लिङ्देन

वीरगंज, १६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट जोगाउन आगामी निर्वाचनमा राप्रपालाई जिताउनु पर्ने बताउनु भएको छ ।
राप्रपा पर्साले सोमबार बीरगंज स्थित नगरसभा गृहमा आयोजना गरेको “एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रम”लाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाललाई श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट जोगाउन राप्रपालाई नै जिताउनु पर्नेमा जोड दिनु भएको हो ।
उहाले आफुलाइ ठूला भनाउदा दलहरुले संघीयता र गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको आरोप लगाउदै उनिहरुको हातमा शासनसत्ता रही रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित रहेको बताउनु भयो ।
लुटतन्त्र यति धेरै बढेको छ कि हाम्रो देश पनि श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ , देशलाइ बचाउने हो भने आगामी निर्वाचनमा राप्रपालाइ नै जिताउनु पर्छ , शासन सत्ता राप्रपाको हातमा आउनै पर्छ र अर्को कुनै विकल्प नभएको पनि उहाले बताउनु भयो ।
उहाले देशमा नेताहरुले संघीयता ल्याएर लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको आरोप लगाउदै संघीयता खारेज गर्नु पर्ने बताउनु भयो ।
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा कांग्रेस , कम्युनिष्ट मात्र दोक्षी नभइ उनिहरुलाइ मत दिएर संविधानसभामा पु¥याउने हामी हिन्दु मतदाताहरु पनि त्यतिकै दोषी रहेको बताउदै नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन अबको निर्वाचनमा कांग्रेस कम्युनिष्टलाई हराएर राप्रपालाई जिताउनु पर्नेमा जोड दिनु भयो ।
राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रमलाई राप्रपाका सहमहामन्त्री मोहन यादव , मधेस प्रदेश प्रमुख भरत गिरी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी संयोजक अन्जना रावल, केन्द्रिय सदस्य अंगद ठाकुर लगायतले सम्बोधन गरेका थिए ।
कर्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयकडौ स्थानीय नेता÷कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई अध्यक्ष लिङदेनले नेपालको राष्ट्रिय झण्डा ओढाएर पार्टीमा स्वागत गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -