कलैया, १३ साउन ।
समाजवादी प्रेस संगठन नेपाल बाराको अध्यक्षमा अजय साह सर्वसहमतीबाट चयन भएका छन ।
समाजवादी प्रेस संगठन नेपाल बाराको शनिवार आयोजित प्रथम जिल्ला अधिवेशनले साहको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी सर्वसहमतीले चयन गरेको हो ।
जसको उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा नरेश गुप्ता, सह सचिवमा अफरोज आलम, कोषाध्यक्षमा सावित्री शर्मा रहेका छन भने सदस्यहरुमा पवन विक, बिजय कुमार, अरुण मेहता, अनिल मण्डल, जितेन्द्र कुशवाहा, निरज गुप्ता लगायत रहेका छन् ।
अधिवेशनमा संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीको प्रमुख आतिथ्य एवं विशिष्ठ अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाराका अध्यक्ष एवं मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।
अधिवेशनको उदघाटन कार्यक्रममा मधेस प्रदेशका सांसद सीता गुरुङ, नेकपा (एकीकृत समाजवादी) का सचिव विक्रम ठाकुर, सहसचिव ध्रुव यादव, संगठनका उपमहासचिव रामकुमार एलन, संगठनका सचिव तथा मधेस प्रदेशका इन्चार्ज सुभाष साह,मधेस प्रदेश कमिटीका अध्यक्ष वृजलाल पासवान, संगठनका केन्द्रीय सदस्य एवं पार्टी जिल्ला कमिटी प्रचार विभाग प्रमुख रमेश सुवेदी, केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, अनेरास्ववियुका सचिव इमरान आलम, जिल्ला समन्वय समिति बाराका सदस्य श्यामबाबु यादव, युवा संघ नेपाल कलैया नगरकमिटीका अध्यक्ष हरिओम साह लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box