सहारा दैनिक

spot_img
Homeसमाचारसिम्रौनगढ नपामा झडप, ९ जना घाइते

सिम्रौनगढ नपामा झडप, ९ जना घाइते

वीरगंज,१३ साउन । बाराको सिम्रौनगढ नगरपालिकामा झडप हुँदा ९ जना घाइते भएका छन् ।
बिहीवार बेलुकी भएको झडपमा चारजना स्थानीय र पांचजना प्रहरी गरी ९ जना घाइते भएका हुन् । झडपमा सिम्रौनगढ ४ का रविकुमार सहनी, रामनिवास राम, वडा ९ का उमेश यादव, गौरीशंकर यादव घाइते भएका हुन् । यसैगरी प्रहरीतर्पm प्रहरी सहाय निरीक्षक भवमोचन झा, हवल्दार मदन साह तेली, रमेश राय यादव, उमेश यादव र सशस्त्र प्रहरी हवल्दार प्रमोद साह घाइते भएका हुन् ।
घाइतेमध्ये एक जनाको वीरगंजको अस्पतालमा तथा अरू आठ जनाको सिम्रौनगढ नगर अस्पताल र कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको टाउको, कोखा, चिउडो, तिघ्रा, हातखुट्टामा चोट लागेको छ । सबैको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
सिम्रौनगढ नगरपालिका कार्यालय अन्तर्गत शिक्षा शाखाको प्रमुखमा नुराजन अन्सारीको कार्य सन्तोषजनक नभएको भन्दै जिम्मेवारीबाट हटाएर नगरपालिकाले अजानी माविका शिक्षक कमलेश अग्रहरीलाई जिम्मेवारी दिएको विषयमा उपमेयर नजमु शेहरका पति शेख मोतिम र वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनी बीच भनाभन हुँदा विवादले उग्ररूप लिएको थियो । त्यसपछि सहनीका पक्षधरले नगरपालिकामा ढुंगामुढा र तोडफोड गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । सोही क्रममा प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसहित बल प्रयोग गर्न खोज्दा झडप भएको थियो । भीड तितरबितर गर्न प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -