spot_img
Homeदेशमधेशकुनै मान्छे बोक्सी हुंदैन नामक सचेतनामूलक कार्यक्रम

कुनै मान्छे बोक्सी हुंदैन नामक सचेतनामूलक कार्यक्रम

राष्ट्रिय सहारा संवाददाता
बारा, १३ साउन । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले कुनै मान्छे बोक्सी हुन्न कहिल्यै’ नामक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
“समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत” साउन १२ गते बाराको फेटा गाउँपालिका वडा नं.३ को सभा हलमा कार्यक्रम सम्पन्न गरिएको हो ।
राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनी बाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा फेटा गाउँँपालिका अध्यक्ष रूस्तम अंसारी प्रमुख अतिथि र उपाध्यक्ष निलम साह रहेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, इलाका प्रहरी कार्यालय प्रसौनी बाराका कार्यालय प्रमुख प्र.नि.नरेन्द्र कुमार बोगटीलगायतको सहभागिता थियो ।
कार्यक्रममा “कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने सचेतनामुलक कार्यक्रम चलचित्र माध्यमद्वारा प्रशारण गरिएको बारा प्रहरी प्रवक्ता प्र.ना.उ. राजेश थापाले जनाएका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -