सहारा दैनिक

spot_img
Homeदेशमधेशभारतीय नागरिक नरेशले नेपालमा जन्म नभएको स्वीकार गरे झुठो विवरण पेस...

भारतीय नागरिक नरेशले नेपालमा जन्म नभएको स्वीकार गरे झुठो विवरण पेस गरी लिएको नेपाली नागरिकता खारेज हुने निस्चित

वीरगंज, १२ साउन ।
अन्ततः भारतीय नागरिक नरेश कुमार साहको नेपाली नागरिकता खारेजी हुने निस्चित भएको छ ।
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका साह विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरुको आधारमा छानविनका क्रममा निज स्वयमले दिएको बयान र समाजिक संजाल फेसबुक मार्फत जारी गरेको प्रेस विज्ञप्ती मार्फत आफु भारतमा जन्मेको स्विकार गरे पछि निजको नेपाली नागरिकता खारेज हुने निस्चित भएको हो ।
भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा नरेश कुमार साहले झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भनी निज विरुद्ध परेको उजुरी संगै निवेदकले सन २०२२ जनवरी ६ तारिक सम्म भारतीय मतदाता सुचीमा निजको विवरण सहितको नाम उल्लेख भएको प्रमाण पेस गरेका छन ।
सोही आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले निजलाई झिकाएर सक्कल नागरिकता जफत गर्नुको साथै नागरिकता कुन आधारमा लिएको सम्बन्धमा बयानका क्रममा निजले आफु नेपाली नागरिकता लिंदाको बखतमा भारतीय नागरिकता परित्याग गरेको दावी गरेका छन ।
“त्यसै गरी भारतीय प्रमाण फेला परे पछि राष्ट्रिय सहारा दैनिकले प्रमाण सहित समाचार प्रकाशन गरेपछि निजले आप्mनो फेसबुक मार्फत साउन १० गते प्रेस विज्ञप्ती जारी गरी नेपाल सरकार, जिल्ला प्रशासन सहित पत्रकार जगत र सर्वशक्तिमान जननागरिकमा भनी वास्तविक्ता के हो ? भनी निजले विज्ञप्तीमा मैले नियम संगत, विधि सम्मत र नेपालको कानुन बमोजिम नेपाली नागरिकता लिएको यर्थात हो ।
मैले नेपालको नागरिकता लिंदा भारतको नागरिकता पुर्ण रुपमा परित्याग गरी आज दुई दशक देखि नेपालमा व्यापारिक कारोवार गर्दै आएको र म नेपाली नागरिक भएको यथेष्ट प्रमाण म संग सुरक्षित रहेको सबैमा जानकारी गराउन चाहन्छु । यस विषयमा वीरगंज स्थित सम्मानित जिल्ला प्रशासनमा मैले नागरिकता प्राप्त गरेका सक्कल प्रमाण समेत पेस गरेको छु ।” विज्ञप्तीमा भनेका छन ।स्मरण रहोस जन्मको आधारमा नेपाली नागरिकता वितरण गर्दा आन्तरिम संविधान अनुसार २०४६ साल भन्दा पहिला नेपालमा जन्म भएको हुनु पर्ने प्रष्ट उल्लेख छ ।तर साह स्वयमले आफु नागरिकता लिने वेलामा भारतीय नागरिकता परित्याग गरेको भन्नुले प्रष्ट के हुन्छ भने उनी भारतमा जन्मेको हो । त्यतीले मात्र पनि उनी भारतीय भएको र नेपालमा झुठो विवरण पेस गरी नागरिकता लिएको प्रष्ट छ । निजले २०६३ साल माघ १७ गते सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नं. ८ बाट जन्म मिति २०३३ साल उल्लेख गरेर झुठो विवरणको आधारमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन ।निजको नागरिकता सम्बन्धमा समाचार आउनुको साथै उजुरी समेत परे पछि एक जना भुपु प्रहरी अधिकारी मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन संग सम्पर्क स्थापित गरी पार्टी प्रवेश गरेका छन ।तत्पश्चात निजले पत्रकार र प्रशासनलाई धक्कु लगाउन समाजिक संजाल मार्फत राप्रपा अध्यक्ष लिङ्देन र ति पुर्व प्रहरी अधिकारी संगै फोटो खिचाएर सार्वजनिक गर्दै आउनुको साथै आफुलाई राप्रपाको प्रभावशाली नेता समेत प्रस्तुत गर्न थालेका छन ।सांसद र मन्त्री बन्ने सपना बुनेर राप्रपामा प्रवेश गरेका नरेश कुमार साहले पार्टीका कार्यक्रमहरुमा लगानी गरेर सानुभुती देखाउन खोजेको राप्रपा श्रोतले जनाएको छ ।निजको नागरिकता खारेजी हुने निस्चित अवस्था सृजना भए पछि अहिले उनी बौलाएको राप्रपाका एक नेताले बताएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -