spot_img
Homeशिक्षाराष्ट्रिय भूमि आयोग र जिल्लाका आठवटा पालिकाबीच सम्झौता

राष्ट्रिय भूमि आयोग र जिल्लाका आठवटा पालिकाबीच सम्झौता

बिरगंज १३ साउन । पर्सामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र जिल्लाका आठवटा पालिकाबीच सम्झौता भएको छ।

वीरगन्जस्थित राष्ट्रिय भूमि आयोग पर्साको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोग र आठवटा पालिकाबीच सम्झौता भएको हो। आयोग र पोखरीया नगरपालिका, विन्दवासिनी, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, पकाहामैनपुर, जिराभवानी र छिपहरमाइ गाउँपालिकाबीच सम्झौता भएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए।

सम्झौतापत्रमा राष्ट्रिय भूमि आयोगकोतर्फबाट केन्द्रीय विज्ञ सदस्य राघव यादव तथा पोखरीया नगरपालिकाकी उपमेयर रुबी ठाकुर, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले हस्ताक्षर गरेको अहमदले जानकारी दिए।

जिल्लाका छवटा पालिकासँग भने यसअघि चैतमा नै सम्झौता भइसकेको यादवले बताए। सम्झौतापछि अब राष्ट्रिय भूमि आयोग पर्साले ३५ दिने सूचना आह्वान गर्ने र त्यसपछि लक्षित समुदायबाट आवेदन संकलन गरेर भूमीहीन र सुकुम्बासीहरूको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने आयोगका जिल्ला अध्यक्ष अहमदले बताए।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले नयाँ नेतृत्व पाएसगै सक्रियता बढाएको आयोग पर्साका अध्यक्ष तबरेज अहमद ले बताए।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -