spot_img

कांग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गरिन्छ–डा. कोईराला



वीरगंज, ११ साउन ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सन्दर्भमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताउनु भएको छ ।
प्रेस युनियन पर्साले बुधवार वीरगंज स्थित नगरसभागृहमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले यस्तो बताउनु भएको हो ।
उहाले मंसिरको पहिलो सातासम्म हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनसम्म पनि गठबन्धनले निरन्तरता पाउने संकेत गर्दै स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको र सबैभन्दा पूरानो पार्टी भएको कारण पनि कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन कायम रहने बताउनु भयो ।
उहाले माओवादी, जसपा र एकिकृत समाजवादीले कुराहरु उठाइरहनुभएको छ, उहाहरुलाई के लागिरहेको छ भने हामी नै सबै हौं भन्ने बुझाई छ, तर त्यस्तो हैन, नेपाली कांग्रेस सबैभन्दा ठूलो अनि पूरानो पार्टी हो भन्नु भयो ।
आर्थिक र सामाजिक रुपान्तरणको बारेमा तालमेल गर्ने राजनीतिक दलहरुको बिचमा एउटै धारणा हुनुपर्ने बताउदै उहाले त्यसका लागि अरु दल तयार छन् ? वैदेशिक नीतिमा पनि आपसी समझदारी हुनुपर्नेमा जोड दिंदै उहाले गठबन्धन गरेका छौं, उहाहरु पनि हामीसंगै सत्ता गठबन्धनमा हुनुहुन्छ, तर एमसिसीकै सवालमा सडकमा ढुंगा मुढा गर्नुभयो, प्रदर्शन गर्नुभयो । त्यसरी चल्दैन अब ।
पाँच वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा हामी सचेत छौं । यसका लागि छलफल पनि भइरहेको छ । माओवादीले २०७४ सालकै जसरी सिट मागीरहेको छ त्यसरी हामी जांदैनौ उहाले भन्नु भयो ।
डा. कोइरालाले सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने बताउनु भयो ।
सो अवसरमा उहाले संघीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरूको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बांडफांटका मुद्दालाई आगाडि बढाउन जरुरी रहेको पनि बताउनु भयो ।
पत्रकार सम्मेलनमा उहाले पर्सा जिल्ला नेपाली कांग्रेसको गढ भएपनि टिकट वितरणमा केही सुझबुझ नहुंदा पराजित हुनुपरेको बताउदै अबको प्रदेश र संघीय निर्वाचनमा १२ वटै क्षेत्रमा कांग्रेसले जित्ने दावी समेत गर्नु भयो ।
पत्रकारहरुको जिज्ञासामा नेता डा. कोइरालाले पार्टीभित्र गुट हुनु स्वभाविक भएको बताउदै अन्य पार्टीसंगको लडाईमा एक हुनुपर्ने बताउदै विदेशमा पनि पार्टीभित्र गुट हुन्छ , अनि के नेपालमा हुंदैन ? राष्ट्रिय सवाल र अन्य पार्टीसंगको लडाइमा भने एक हुनुपर्छ भन्नु भयो ।
प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेताहरु रामकृष्ण यादव, शोभाकर पराजुली, संविधान सभा सदस्यद्वय राजेन्द्र बहादुर अमात्य, अजय द्विवेदी, राजकृष्ण अमात्य, बिरेन्द्रलाल नेपाली महाधिवेशन प्रतिनीधि श्याम पटेल, नेपाली कांग्रेस वीरगंज महानगरका सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर